अब ह्वाट्सएप निशुल्क प्रयोग गर्न सकिने, भिडियो कलिंग सहितको फीचर राखिँदै

Technology Khabar ५ माघ २०७२, मंगलवार

अब ह्वाट्सएप निशुल्क प्रयोग गर्न सकिने, भिडियो कलिंग सहितको फीचर राखिँदै

काठमाडौं ।

काठमाडौं, ५ माघ । मोबाईल म्यासेजिंग सर्भिस एप ह्वाटसएपले आफ्नो वार्षिक सब्सक्रिप्सन फीको प्राबधान हटाएको छ ।
ह्वाटसएपको सेवा पहिलो वर्ष प्रयोगकर्ताहरु सबैको लागि निशुल्क भएपनि त्यसपछिका वर्षहरुमा कम्पनीले रकम लिने गर्दथ्यो । कम्पनीले दोस्रो वर्षदेखि प्रयोगकर्ताहरुसँग वार्षिकरुपमा करिब १ डलर लिने गर्दथ्यो । तर अबदेखि त्यो वार्षिक शुल्क नलिने ह्वाट्सएपको ब्लगमार्फत जानकारी दिएको छ ।

फेसबुक इंकले कम्पनीको आफ्नो नयाँ फी तथा प्लानको लागि नयाँ टूल्सको विकास गरेको जानकारी दिएको छ ।

ह्वाट्सएपले आफ्नो सेवा निशुल्क गरेपनि प्रयोगकर्ताहरुका लागि विभिन्न सुविधाहरु दिने र यसलाई अझै यूजफुल बनाउने उल्लेख गरेको छ । यसको लागि एपमा यूजर्स बिजनेस तथा अर्गनाइजेशनको साथ सम्पर्क गर्न सक्नेछन् । त्यसैगरी टेक्स्ट म्यासेज तथा फोन कल्सको सुविधा राखिएको छ ।

कम्पनीकाअनुसार विश्वभर ९०० मिलियन यूजर्स छन, जसले विभिन्न किसिमका फोनहरुमा ह्वाट्सएप प्रयोग गर्ने गर्दछन् ।

कम्पनीले ह्वाट्सएपमा थर्ड पार्टी एप विज्ञापनबाट पनि आम्दानी गर्ने योजना नभएको बताएको छ । तर कम्पनीले व्यवसायीक तथा व्यक्तिगत सम्पर्कको माध्यमबाट आम्दानी लिने योजना गरिरहेको छ । यसको लागि कम्पनीले टूल्सको परिक्षण गरिरहेको जानकारी दिएको छ ।

कम्पनीले बैंक सेवाको बारेमा, हवाई यात्रामा फ्लाईट ढिलाईको बारेमा जस्ता विषयहरुको जानकारी प्रयोगकर्तालाई दिने किसिमको टूल्सको बारे परिक्षण गरिरहेको छ ।

ह्वाट्सएप इन्टरनेटको सहयोगबाट स्मार्टफोन प्रयोगकर्तालाई टेक्स्ट म्यासेज पठाउने सुविधा दिने पहिलो एप हो । कम्पनीले आगामी दिनमा पनि तेस्रो पक्षिय विज्ञापन र स्पामबाहेक नै आफ्नो सेवा सुचारु गर्ने बताएको छ ।

easy care

प्रकाशित: ५ माघ २०७२, मंगलवार