मेगा बैंकको अध्यक्षमा शाह

Technology Khabar ३० पुष २०७२, बिहीबार

मेगा बैंकको अध्यक्षमा शाह

काठमाडौं, ३० पुस । मेगा बैंक नेपाल लिमिटेडको अध्यक्षमा भोजबहादुर शाह चयन भएका छन् । मेगा बैंक संचालक समितिको मंगलबार बसेको १४४ औँ बैठकले शाहलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाह स्थापनाकालदेखि नै मेगा बैंकको सञ्चालक सदस्य रहेको बैंकको जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

आइतबार राजधानीमा सम्पन्न बैंकको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरुमा शाहसहित, गोपाल खनाल, मदनकुमार आचार्य, शम्भुविक्रम थापा, इन्द्रबहादुर मल्ल ठकुरी र ईश्वरबहादुर गुरुङ्गलाई निर्वाचित गरेको थियो ।

त्यसअघि नै सर्वसाधारण समूहबाट चेतनारायण पाण्डे र दिपेन्द्र अग्रवाल निर्वाचित भएका थिए ।

प्रकाशित: ३० पुष २०७२, बिहीबार

Comments are closed.

Loading...