यूट्यूब अब नेपाली भाषामा उपलब्ध, तीन देशमा स्थानिय संस्करण शुरु

Technology Khabar २९ पुष २०७२, बुधबार

यूट्यूब अब नेपाली भाषामा उपलब्ध, तीन देशमा स्थानिय संस्करण शुरु

काठमाडौं, २९ पुस । विश्वको सबैभन्दा ठूलो भिडियो शेयर गर्ने वेबसाइट यूट्यूबले नेपालका लागि आफ्नो सामाग्रीहरु स्थानिय भाषामा पनि उपलब्ध गराउने भएको छ । यूट्यूबले नेपालका लागि अलग्गै होमपेज उपलब्ध गराएको छ, जसमा स्थानिय भाषामा सामाग्रीहरु उपलब्ध हुनेछन् ।

यूट्यूबको यो स्थानिय संस्करण नेपाल लगायत पाकिस्तान तथा श्रीलंकामा पनि एकैसाथ मंगलवारदेखि शुरु भएको हो । गूगलको एशियाप्याशिफिकका लागी आफ्नो आधिकारीक ब्लगपोस्टमा यसबारेमा जानकारी दिएको हो । स्थानिय संस्करणको यूट्यूबमा देशकाे डोमेनपनि राखिएको हुनेछ । उदाहरणको लागी नेपाली संस्करणमा यूट्यूब एनपी देखिनेछ ।

‘यूट्यूब यसअघि नै नेपाली, सिंहाली तथा उर्दू भाषामा उपलब्ध छ, अब देशको विशेष होमपेजअनुसार उपलब्ध हुनेछ ।’ यूट्यूब एशिया प्याशिफिकका लागि अपरेशन्स् एण्ड  कन्टेन्ट डाइरेक्टर गौतम आनन्दले ब्लगपोस्ट गर्दै भनेका छन, ‘यसको अर्थ हामीले तपाई समक्ष अति नजिकपना भएका भिडियोहरु प्रस्तुत गरेर तपाईँलाई यूट्यूबको अनुभव गराउनेछौं ।’ YouTube 2016-01-13 16-15-58

यूट्यूबले आफ्नो ब्लग पोष्टमा तीन वटै देशहरुका स्थानिय भाषामा भएका केहि विशेष भिडियो कन्टेन्टहरुको बारेमा जानकारी पनि दिएको छ ।

उसले नेपालको बारेमा जानकारी दिँदै नाईँ नभन्नू ल ३ को भिडियो नेपालको सबैभन्दा धेरै हेरिएको भिडियो बताएको छ ।

त्यसैगरी पाकिस्तानमा कोक स्टुडियो सबैभन्दा लोकप्रिय भिडियो भएको र यसमध्ये पनि आतिफ अस्लामको भिडियो सबैभन्दा धेरै हेरिएको उल्लेख उल्लेख गरेको छ । यो भिडियो १ करोड १० लाख पटक हेरिएको बताएको छ ।

श्रीलंकामा भने यूट्यूब क्रिएटर गापिप्या भन्ने भिडियो लोकप्रिय रहेको र त्यसपछि श्रीलंकन स्पाइडर म्यान लोकप्रिय रहेको उल्लेख गरेको छ ।

डाइरेक्टर आनन्दले यो स्थानिय लन्चले आगामी दिनमा स्थानिय सर्जकहरुको लागि अझ बढि सहज हुने र यसले विश्वको सबैभन्दा ठूलो र अधिक तरंिगत भिडियो कम्यूनिटीको फाईदा हुने उल्लेख गरेका छन् ।

यूट्यूबको स्थानिय संस्करण यूट्यूबकै वेबसाइटमा स्थानिय भाषाका भिडियोहरु प्राथमिकताका साथ आउनेछन् ।

यूट्यूबमा १ अर्बभन्दा बढि मासिक प्रयोगकर्ताहरु रहेका छन भने यो ८८ वटा देशमा स्थानियकरण गरिएको छ भने ७६ भाषाहरुमा यसको उपलब्धता रहेको छ ।

प्रकाशित: २९ पुष २०७२, बुधबार

Comments are closed.

Loading...