लौ अब पालो स्मार्ट ट्वाइलेटको, स्वचालितरुपमा दिशा सफा गरिदिने अटोमेटिक ट्वाइलेट

Technology Khabar २९ पुष २०७२, बुधबार

लौ अब पालो स्मार्ट ट्वाइलेटको, स्वचालितरुपमा दिशा सफा गरिदिने अटोमेटिक ट्वाइलेट
Classic Tech

काठमाडौं, २९ पुस । भर्खरै अमेरिकामा सम्पन्न भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा अचम्म खालका प्रविधि र सामाग्रीहरुको पनि प्रदर्शन गरिएको थियो । यसैमध्ये सबैको ध्यान आकर्षित गरिरहेको थियो स्मार्ट ट्वाइलेटले ।

इन्टेलीजेन्ट ट्वाइलेटको नाम दिईएको यो ट्वाइलेटको नजिक कुनै व्यक्ति गएमा यो आफसे आफ खुल्दछ र हरेक पटक फ्लशका साथै आफैं सफा हुन्छ ।

कम्पनीले ट्वाइलेट प्रयोगकर्तालाई तातो पानीले अटोमेटिक सफा गर्ने दाबी गरेको छ । त्यसैगरी यो ट्वाइलेटले बस्ने सिट पनि तातो पार्दछ । जापानीज कम्पनीले यो स्मार्ट ट्वाइलेटको नाम नियोरेस्ट ७५०एच राखेको छ ।Toto smart Toilet

कम्पनीको यो अटोमेटिक ट्वाइलेटको पुराना मोडलहरु चार करोड भन्दा बढि यूनिट बिक्री गरिसकेको छ । कम्पनीले यो स्मार्ट ट्वाइलेटको मूल्य ९,८०० अमेरिकी डलर अर्थात करिब दश लाख रुपैंया हाराहारीमा पर्दछ ।

बाथरुमसँग सम्बन्धित सेनेटरी सामाग्री बनाउने कम्पनी टोटोले यो इन्टेलिजेन्स ट्वाइलेटलाई थप विकसित गरिरहेको छ ।Toto smart Toilet 02

कम्पनीका प्रवक्ताका अनुसार यो ट्वाइलेट इलेक्ट्रोलाइज्ड पानीको स्प्रेद्धारा आफैंलाई सफा गर्दछ, जसले ब्याक्टेरिया समाप्त हुनेछ । यसका साथै यो ट्वाइलेटको सतहमा कुनै पनि विषय टासिँदैन् ।

तर यस्ता स्मार्ट ट्वाइलेट खरिदकर्ताले भने यसको बाहिरी भागको सफाई भने आफैं गर्नुपर्ने हुन्छ ।

प्रकाशित: २९ पुष २०७२, बुधबार

Comments are closed.

Loading...