सामसुंग ग्यालेक्सी एस सेभेनमा शक्तिशाली प्रोसेसर, स्न्यापड्रयागन८२० चीपसेटसहित ४ जीबी र्याम

Technology Khabar २८ पुष २०७२, मंगलवार

सामसुंग ग्यालेक्सी एस सेभेनमा शक्तिशाली प्रोसेसर, स्न्यापड्रयागन८२० चीपसेटसहित ४ जीबी र्याम

काठमाडौं ।

काठमाडौं, २८ पुस । सामसुंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेनमा (Galaxy S7) स्न्यापड्रयागन ८२० (Snapdragon 820) भर्सनको चीपसेट प्रयोग हुने भएको छ ।

हालै अन तू तू बेन्चमार्कले(An Tu Tu) वेबोमा (Weibo) पोस्ट गरेको एक जानकारीअनुसार सामसुंगको ग्यालेक्सी एस सेभेनमा स्न्यापड्रयागन ८२० प्रयोग हुनेछ । यसअघि पनि ग्यालेक्सी एस सेभेन एज प्लस (Galaxy S7 Edge+) भर्सनमा पनि सोहि स्पेशिफिकेशनको चीपसेट हुने सार्वजनिक भएको थियो ।

रग्यालेक्सी एस सेभेन स्मार्टफोनमा यो चिपसेटका साथै ४ जीबीको र्याम हुनेछ भने यो फोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित हुने एक फ्रेन्च टेक साइटले जनाएको छ । त्यसैगरी फोनमा ६४ जीबीको इन्टरनल स्टोरेज रहनेछ भने सामसुंगले ३२ जीबीको आधारबाट अगाडि जान्छ वा जाँदैन भन्ने कुनै ग्यारेन्टि छैन् ।fiche-technique-samsung-galaxy-s7-antutu

त्यसैगरी सार्वजनिक भएको रिपोर्टमा माइक्रो एसडी स्लट हुने वा नहुने बारे केहि जानकारी छैन् ।

रिपोर्टअनुसार ग्यालेक्सी एस सेभेनमा नयाँ क्यामरा सेटअप रहेको छ । यसमा १२ मेगापिक्सेलको ब्राइटसेल सेन्सर (BRITECELL Sensor) भएको रियर क्यामरा छ भने ५ मेगापिक्सेल भएको फ्रन्ट क्यामरा राखिएको छ । नयाँ क्यामराले कम उज्यालोमा पनि अधिक कार्यक्षमता प्रर्दशन गर्दछ भने अहिलेको मोडल भन्दा निकै राम्रो रहेको छ ।

यसअघि नै सामसुंगको ग्यालेक्सी एस सेभेन लाइनअपको बारेमा निकै जानकारीहरु लीक भएका थिए । तर अझैपनि कम्पनीले स्न्यापड्रयागन र साइनोज चीपसेटलाई कसरी विभिन्न मोडलका फोनहरुमा प्रयोग गर्दछ भन्ने अन्यौल नै रहेको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २८ पुष २०७२, मंगलवार

ताजा समाचार