सिजीको ईओन सिरिजको स्मार्टफोन ‘ब्लेज’ सार्वजनिक, ललीपप ५.० मा आधारित बजेट फोन

Technology Khabar २८ पुष २०७२, मंगलवार

सिजीको ईओन सिरिजको स्मार्टफोन ‘ब्लेज’ सार्वजनिक, ललीपप ५.० मा आधारित बजेट फोन

काठमाडौं ।

काठमाडौं, २८ पुस । सिजी मोबाइल्सले (CG Mobiles) नेपाली बजारमा ईओन सिरिजको नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले बजेट फोनको रुपमा ईओन ब्लेज (EON Blaze) स्मार्टफोन ल्याएको हो ।

कम्पनीले ल्याएको नयाँ स्मार्टफोन ईओन ब्लेज भर्खरै सम्पन्न भएको नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्स्पोमा पनि प्रदर्शन तथा बिक्रीको लागि राखिएको थियो । उक्त स्मार्टफोन पहिलो पटक एक्स्पोबाट नै सार्वजनिक गरिएको भन्दै बिक्री प्रबद्र्धन गरिएको स्टलमा रहेका कम्पनीका एक कर्मचारीले जानकारी दिए ।

सिजीको नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले राखिएको छ, जसले रियल, क्लियर तथा गोर्जियस भ्यू दिने कम्पनीले जनाएको छ ।MobilesKhabar_01

ईओन ब्लेजमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने यसमा १ जीबीको र्याम राखिएको छ । त्यसैगरी यसमा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।

सिजीको नयाँ स्मार्टफोनमा २२०० एमएएचको ब्याट्री राखिएको भएपनि कति घण्टासम्मको ब्याट्री ब्याकअप दिन्छ भन्ने कम्पनीले उल्लेख गरेको छैन् । केबल तपाई त्यहाँ सँधै लामो यात्रामा हुनुहुन्छ भनिएको छ । कम्पनीले ल्याएको यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित रहेको छ ।

सिजी मोबाइल्सले नेपाली बजारमा ७ विभिन्न स्मार्टफोन ल्याईसकेको छ, त्यसैगरी एउटा टचस्क्रीन अर्थात पीडीए र ७ वटा फिचर फोनहरु छन् ।

बजारमा बजेट स्मार्टफोनको रुपमा आएको सिजी मोबाइल्सको नयाँ स्मार्टफोन ईओन ब्लेजको बजार मूल्य १० हजार ९ सय ९९ रुपैंया रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २८ पुष २०७२, मंगलवार