जियोनिको सर्भिस सेन्टर सिटिसी मलमा, ‘पी ५ डब्लू” स्मार्टफोन छिटै अाउने

Technology Khabar २८ पुष २०७२, मंगलवार

जियोनिको सर्भिस सेन्टर सिटिसी मलमा, ‘पी ५ डब्लू” स्मार्टफोन छिटै अाउने

काठमाडौं, २८ पुस । जियोनिले सिटिसी मलको पाँचौ तल्लामा आफ्नो नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सुन्धारास्थित मलमा रहेको सर्भिस सेन्टर टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवाल, कम्पनीका प्रबन्ध निर्देशक प्रतिक जलान र जियोनिका सर्भिस प्रमुख ज्याकीले संयुक्त रुपमा उद्घाटन गरे ।

जियोनिका ग्राहकहरुले अब आफ्नो मोबाइल सेटमा केहि समस्या परे वा सफ्टवेयर अपडेटका लागि जियोनिको सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी जियोनिले चाँडै नै नेपालमा जियोनि पी ५ डब्लू (P5W)स्मार्टफोन ल्याउँदैछ । यो मोडेल ५ भिन्दाभिन्नै आकर्षक रंगहरुमा उपलब्ध हुनेछ, जसमा ब्ल्याक, ह्वाइट, ब्लू, गोल्ड, तथा रोज कलर रहेका छन् । यो स्मार्टफोनमा मा ५ इन्चको एचडी स्क्रिन रहेको छ भने २ जीबीको र्याम तथा  १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ । डुअल सिम प्रयोग गर्न सकिने फोनमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसेसर रहेको छ भने एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.१ (Amigo 3.1) रहेको छ । फोनमा यूएसबी ओटिजी (USB OTG) सपोर्ट पनि छ ।

जियोनिले आफ्नो फेसबुक पेजमा अहिले गेस एण्ड विन प्रतियोगिता पनि आयोजना गरेको छ जस अन्तर्गत पी ५ डब्लूको सहि मूल्य अनुमान गर्न सकेको खण्डमा सहभागीहरुले माघ ६ गतेसम्म हरेक दिन एउटा जित्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २८ पुष २०७२, मंगलवार

Comments are closed.

Loading...