शिओमी रेडमी थ्री स्मार्टफोन सार्वजनिक, शिओमीको पहिलो फूल मेटल बडि स्मार्टफोन

Technology Khabar २७ पुष २०७२, सोमबार

शिओमी रेडमी थ्री स्मार्टफोन सार्वजनिक, शिओमीको पहिलो फूल मेटल बडि स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, २७ पुस । स्मार्टफोन मेकर चीनियाँ कम्पनी शिओमीले (Xiaomi) आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन रेडमी थ्री (Redmi 3) सार्वजनिक गरेको छ ।

कम्पनीले बजेट फोनको रुपमा सार्वजनिक गरेको यो स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।

यो स्मार्टफोनमा अक्टा कोर क्वालकम स्न्यापड्रयागन ६१६ चीपसेट (Qualcomm Snapdragon) प्रयोग गरिएको छ भने २ जीबीको र्याम राखिएको छ । स्टोरेजका लागि यो स्मार्टफोनमा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

शिओमीको रेडमी थ्री स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

शिओमी रेडमी थ्री फोनमा फूल मेटल बडी (Full Metal Body) रहेको छ भने यसको रियर प्यानल टेक्सचर्ड जस्तो रहेको छ । यस्तो फूल मेटल बडी भएको शिओमीको स्मार्टफोन पहिलो हो, जसमा ‘न्यू डायमण्ड ल्याटिक डिजाइन’ रहेको छ । चीनियाँ फोन निर्माताले आफ्ना डिभाइसहरुलाई अपग्रेड गरिरहेको देखिन्छ त्यसैले कम्पनीले प्लाष्टिक बडिबाट मेटल बडिको क्यासिंग प्रयोग गरेको छ ।MobilesKhabar_03

रेडमी थ्री ८.५ मिलिमीटर मोटाईको छ भने यसको तौल १४४ ग्राम रहेको छ भने यो स्मार्टफोनमा पहिलेको यसको पूरानो संस्करण भन्दा अधिक क्षमताको ब्याट्री राखिएको छ । रेडमी थ्रीमा कम्पनीले ४१०० एमएएचको नन-रिमुभेबल ब्याट्री राखेको छ, जसलाई कम्पनीले अघिल्लो संस्करण भन्दा ८० प्रतिशत अधिक क्षमताको भनेर दाबी गरेको छ ।

दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा कम्पनीको एमआईयूआई सेभेन (MIUI 7) प्रयोग गरिएको भएपनि यो फोन एन्ड्रोयडको कुन भर्सनमा संचालित हुन्छ भन्ने कुनै जानकारी छैन् । यो स्मार्टफोनमा पहिले अनुमान गरिएजस्तो फिंगरप्रिन्ट स्क्यानर भने राखेको छैन् ।MobilesKhabar_02

कनेक्टिभिटीका लागि यो फोनमा फोरजी एलटिई, ब्लूटूथ, जीपीएस, माइक्रो यूएसबी, तथा वाई-फाईलगायतका अप्शन रहेका छन् ।

कम्पनीको चीनियाँ वेबसाइटमा लिस्टेड यो स्मार्टफोन मंगलबारदेखि चीनियाँ बजारमा एमआई डटकम (Mi.com) तथा टीमल (TMall)मार्फत बिक्री शुरु हुनेछ । हाल चीनमा मात्र सार्वजनिक गरिएको रेडमी थ्री स्मार्टफोनको मूल्य ६९९ चीनियाँ यूआन अर्थात करिब १०५ अमेरिकी डलर रहेको छ ।

यो स्मार्टफोन गोल्ड, ग्रे तथा सिल्भर कलरमा बजारमा उपलब्ध हुनेछ । कम्पनीले चीन बाहेकको बजारमा कहिलेदेखि यो स्मार्टफोन उपलब्ध हुन्छ भन्ने कुनै जानकारी दिएको छैन् ।

easy care

प्रकाशित: २७ पुष २०७२, सोमबार