Technology Khabar २७ पुष २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २७ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा बजेट फोनको रुपमा नयाँ स्मार्टफोन बोल्ट क्यू ३३३ (Bolt Q333) सार्वजनिक गरेको छ ।
माइक्रोम्याक्स क्यू ३३३ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा ५१२ एमबीको र्याम रहेको छ । फोनमा स्टोरेजका लागि ४ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई आवश्यकताअनुसार माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
यो फोन एन्ड्रोयडको किटक्याट ४.४.३ अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यसमा ४.५ इन्चको एफडब्लूभिजीए स्क्रीन राखिएको छ ।
माइक्रोसफ्टको बोल्ट सिरिजको नयाँ फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा १.३ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
दुई वटा सिम प्रयोग गर्न सकिने यो फोनमा १७०० एमएएचको ब्याट्री राखिएको छ । फोनमा कनेक्टिभीटिका लागि यूएसबी पोर्ट, जीपीएस, थ्रीजी, वाईफाई ब्लूटूथ जीपीआरएस रहेको छ ।
कम्पनीले नेपाली बजारमा यसको मूल्य ६,७१० रुपैंया तोकेको कम्पनीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।
प्रकाशित: २७ पुष २०७२, सोमबार