माइक्रोसफ्टले आफ्नै सिम कार्ड ल्याउँदै, वाई-फाईबिना नै डाटा नेटवर्कको सुविधा

Technology Khabar २७ पुष २०७२, सोमबार

माइक्रोसफ्टले आफ्नै सिम कार्ड ल्याउँदै, वाई-फाईबिना नै डाटा नेटवर्कको सुविधा

काठमाडौं, २७ पुस । माइक्रोसफ्टले थप प्रयोगकर्तालाई आकर्षित गर्नको लागि विण्डोज १० मोबाइलमा नयाँ अफर राख्ने तयारी गरेको छ । कम्पनीले विण्डोज १० मोबाइलसँगै आफ्नै कराररहित (नन कन्ट्याक्ट) सिम कार्डहरु दिने तयारी गरेको हो ।

माइक्रोसफ्टले दिने सिम कार्डले विण्डोज १० मोबाइलका प्रयोगकर्तालाई देशभित्रै मोबाईल डाटा नेटवर्कमा आबद्ध हुने पहुँच दिनेछ । यसले मोबाइल प्रयोगकर्ताले वाई-फाई नभएको स्थानमा पनि सहजरुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने भने अनलाईनमा काम गर्न सकिनेछ ।

यसको अर्थ माइक्रोसफ्टले आफ्नै एमभिएनओ (mobile virtual network operator (MVNO) अर्थात मोबाइल नेटवर्क लन्च गर्ने तयारी शुरु गरेको छ र यो छिटै विण्डोज १०मोबाइलका प्रयोगकर्ताहरुका लागि भविश्यमा निकै राम्रो सेवा हुनेछ । यो नन कन्ट्याक्ट सिमको अनुभव विण्डोज १० मोबाइल प्रयोगकर्ताले मात्र पाउनेछ ।

माइक्रासफ्टको यो सेवा विशेष किसिमको सेल्यूलर डाटा एपमा (cellular data app) लिंक हुनेछ, जुन एपको घोषणा माइक्रोसफ्टले गत शुक्रबार नैै गरिसकेको छ । MobilesKhabar_01

यो एप हाल माइक्रोसफ्टको विण्डोज स्टोरबाट डाउनलोड गर्न सकिनेछ, यो एपले मोबाइल डाटा प्लानको बारेमा जानकारी दिने, संचालन गर्ने तथा प्रयोगकर्तालाई बिलिंग गर्न सहयोग गर्नेछ, यसको भूक्तानी प्रयोगकर्ताको माइक्रोसफ्ट एकाउण्टबाट हुनेछ । त्यसैगरी यसबाट प्रयोगकर्ताले आफूलाई चाहेको समयमा मोबाइल डाटा खरिद गर्न तथा प्रयोग गर्न अनुमति दिनेछ ।

एपको पोष्टमा प्रयोगकर्ताले यो एप साईन इन गर्दा कुनै किसिमको कन्ट्रयाक्ट गर्नु नपर्ने उल्लेख गरिएको छ । तर यसले विशेष विण्डोज १० डिभाइसेजमा (Specific Windows 10 mobile) मात्र काम गर्ने र माइक्रोसफ्टको सिम कार्ड आवश्यक पर्ने उल्लेख छ ।microsoft_lumia_950_950_xl

यो सिम कार्ड सेवा कुन कुन देशहरुमा उपलब्ध छ भन्ने स्पष्ट भईसकेको छैन् तर एपको विबरणमा भने केहि बजारहरुमा मात्र उपलब्ध हुनसक्ने भनिएको छ । यो सेवा हाल विकसित भनिएका र मोबाइलका अधिक प्रयोगकर्ता तथा डाटा यूजर भएको मुलुकहरुमा मात्र हुने अनुमान गरिएको छ ।

माइक्रोसफट्ले छिटै आफ्नो विण्डोज १० मा आधारित मोबाइल सार्वजनिक गर्ने तयारी गरिरहेको छ, तर यसको मिति भने तय भएको छैन् ।

माइक्रोसफ्टले विण्डोज १० मा आधारित मोबाइल फोनमा निकै अपडेट तथा सुधारहरु गरेको छ, जसमध्ये माइक्रोसफ्ट एज (Microsoft edge) वेब ब्राउजर, विण्डोज हेलो (जसले प्रयोगकर्तालाई आफ्नो डिभाइसमा फेस तथा आईरिस रिकोग्नीसन सफ्टवेयरको माध्यमबाट साईन इन गर्न दिन्छ) राखिएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित: २७ पुष २०७२, सोमबार

Comments are closed.

Loading...