अब महिलाका लागि आयो स्मार्ट ब्रा, स्वास्थ्यको बारेमा सबै जानकारी दिने

Technology Khabar २२ पुष २०७२, बुधबार

अब महिलाका लागि आयो स्मार्ट ब्रा, स्वास्थ्यको बारेमा सबै जानकारी दिने
NTC_Advt

काठमाडौं ।

काठमाडौं, २२ पुस । विश्वको सबैभन्दा ठूलो कन्ज्यूमर इलेक्ट्रोनिक्स शो सिईएस २०१६ मा विभिन्न किसिमका नयाँ प्रविधि र ग्याजेटहरु सार्वजनिक गर्ने क्रम शुरु भईसकेको छ । आजदेखि शुरु भएको यो शोमा विश्वमा आविश्कार गरिएका पछिल्ला र नविनतम प्रविधि तथा सामाग्री सार्वजनिक गर्ने क्रममा विश्वको पहिलो स्मार्ट ब्रा (Smart Bra) सार्वजनिक गरिएको छ ।

यो स्मार्ट ब्राले मुटुको धड्कन तथा स्वासप्रस्वासमा हुने कठिनाईलाई पत्ता लगाउन महिलाहरुलाई सहयोगी हुने बताईएको छ । त्यसैगरी यो स्मार्ट ब्रा विशेषगरी शारिरिक सुगठनमा लागेका महिलाहरुका लागि निकै लाभदायक हुनसक्नेछ ।

विश्वको पहिलो स्मार्ट ब्रा दाबी गरिएको यो स्पोर्टस ब्रा क्यानेडियन कम्पनी ओमसिग्नल(OMSignal) ब्राण्डले बनाएको हो । यसमा बायोमेट्रिक ट्याकिंग सिस्टम डिभाइस राखिएको छ ।Smart Bra-1

यो ब्रा लगाउनुभन्दा पहिले यो डिभाइसलाई एक्टिभेट गर्नुपर्ने हुन्छ, जुन ओमसिग्नल मोबाइल एपद्धारा कनेक्ट हुन्छ ।

कम्पनीका चिफ माकेर्टिग अफिसर शाज खाँगले जुन महिला जिम जान्छिन, तिनिहरुलाई यो ब्रा अधिक फाइदाजनक हुने बताए ।

स्मार्ट ब्रामा क्यालोरी बर्न (Calorie Burn), हार्ट बीट (Heart Beat), स्टामिना (Stamina) तथा स्वासप्रस्वासको गति (Breathing Rhythm) नाप गर्न सकिन्छ ।

स्मार्ट बक्समा लागेको एक्सीलरोमिटर, जीरोस्कोप तथा हार्टरेट मनिटरलगायतका सेन्सरहरुले विभिन्न बिवरणहरु प्रयोगकर्ताको स्मार्टफोनमा पठाउँछ ।

ब्रामा राखिने डिभाइसलाई छुट्याउन पनि सकिन्छ
ब्रामा राखिने डिभाइसलाई छुट्याउन पनि सकिन्छ

यो ब्रालाई महिला प्रयोगकर्ताको पछिल्लो भागमा प्रेशर नहुने गरि डिजाईन गरिएको कम्पनीको दाबी छ ।

यो विशेष किसिमको स्मार्ट ब्रामा राखिएको बायोमेट्रिक डिभाइसलाई एक पटक चार्ज गरेपछि करिब १० घण्टासम्म प्रयोग गर्न सकिन्छ ।

यो स्मार्ट ब्राको मूल्य १४९ अमेरिकी डलर तोकिएको छ भने यो बजारमा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी नभएपनी यहि फ्रेब्रुअरीसम्म बजारमा आउनसक्दछ ।

त्यसैगरी कम्पनीले पुरुषहरुका लागि बनाएको स्मार्ट शर्टले पनि मुटुको धड्कन, स्वासप्रस्वासको गति, क्यालोरीको अवस्थाको बारेमा जानकारी दिन्छ । यो स्मार्ट शर्टपनि स्मार्ट ब्राको जस्तै उपयोगी हुने कम्पनीको भनाई छ । ओमसिग्नलले ल्याएको स्मार्ट शर्टको मूल्य २७५ अमेरिकी डलर तोकिएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित: २२ पुष २०७२, बुधबार