व्यवसायीको समस्या समाधानका लागि तयार प्रतिबेदन अर्थमन्त्रीलाई हस्तान्तरण

Technology Khabar १६ पुष २०७२, बिहीबार

व्यवसायीको समस्या समाधानका लागि तयार प्रतिबेदन अर्थमन्त्रीलाई हस्तान्तरण

काठमाडौं ।

काठमाण्डौं, १६ पुस । भूकम्पपछि आपुर्ती व्यबस्थामा आएको असहज परिस्थितीमा उद्योगी व्यवसायीका समस्याहरुलाई सम्बोधन गर्न गठीत कार्यदलले अर्थमंत्री विष्णुप्रसाद पौडेललाई प्रतिबेदन बुझाएको छ । राजस्व सचिव राजन खनालको संयोजकत्वमा गठीत सो कार्यदलमा उद्योग, बाणिज्य मंत्रालयका प्रतिनिधि तथा नीजि क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघका,उद्योग परिसंघ तथा चेम्बर अफ कमर्सका अध्यक्ष अध्यक्षहरु समेत सदस्य रहेका थिए ।

उक्त प्रतिबेदन बुझ्दै अर्थमंत्री पौडेलले अर्थमंत्रालयसंग सम्बन्धित तत्काल निर्णय गर्ने, अन्य मंत्रालय तथा राष्ट्र बैकसंग आवश्यक समन्वय गर्ने र कतिपय बिषयमा मन्त्रिपरिषदबाट निर्णय गराई तत्काल रिर्पोटका बूदाहरु कर्यान्वयन गराउने बताए । कार्यक्रममा राजस्व सचिव राजन खनाल, नेपाल उद्योग बाणिज्य महासँघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिबेदनमा भूकम्प, तराईको आन्दोलन तथा आपुर्ती व्यवस्थामा भएको असहज परिस्थितीका कारण उद्योगी व्यवसायीले भोग्नु परेका समस्या र सरकारले गर्न सक्ने सहयोगसहितको राहतका बिषयहरु छन् ।

easy care

प्रकाशित: १६ पुष २०७२, बिहीबार