२ लाख ६१ हजार मूल्य भएको ब्ल्याकबेरीको स्मार्टफोन यस्तो छ

Technology Khabar १२ पुष २०७२, आईतवार

२ लाख ६१ हजार मूल्य भएको ब्ल्याकबेरीको स्मार्टफोन यस्तो छ
Global IME Bank

काठमाडौं ।

काठमाण्डौं, १२ पुस । यदि तपाई ब्ल्याकबेरीको नयाँ स्मार्टफोन पोर्चे डिजाइन पी९९८३ (Porsche Design P’9983) किन्ने तयारीमा हुनुहुन्छ भने तपाईले गोल्ड प्लेटेड फोन पनि खरिद गर्ने अवसर आएको छ । ब्ल्याकबेरीको पोर्चे डिजाइन फोन अब सुनको कभरसहित उपलब्ध भएको छ ।

भियतनामी कम्पनी कारालक्सले ब्ल्याकबेरी पोर्चे डिजाइन पी९९८३ स्मार्टफोन गोल्ड प्लेटेडको मूल्य भियतानामी डलर ५५ लाख अर्थात २,४४० अमेरिकी डलर (करिब २ लाख ६१ हजार रुपैंया) तोकेको छ । यो मूल्य अन्तराष्ट्रिय ग्राहकहरुको  लागि हो भने यदि तपाई भियतनाममा नै हुनुहुन्छ र ब्ल्याकबेरीको पोर्चे डिजाइन पी ९९८३ गोल्ड प्लेटेड खरिद गर्न चाहनुहुन्छ भने केबल २,२१९ अमेरिकी डलर तिरे पुग्दछ । यो मूल्यमा उपभोक्ताले २४ क्यारेट सुनबाट बनाईएको ब्ल्याकबेरीको स्मार्टफोन पाउनेछन् ।

ब्ल्याकबेरीको यो फोनलाई गोल्ड प्लेटेड बनाउन तीन घण्टाको प्रकृयाबाट गुज्रनुपर्ने हुन्छ । पोर्चे डिजाइन पी ९९८३ गोल्ड प्लेटिड प्रकृयाका प्रमुख इन्जिनियरकाअनुसार यो स्मार्टफोनलाई सुनौलो बनाउन दश भन्दा अधिक चरणहरु पार गर्नुपर्दछ ।MobilesKhabar_02

यो स्मार्टफोनमा ३.१ इन्चको ७२०ह्७२० पिक्सेल भएको स्क्रीन राखिएको छ । यो फोनमा १.५ गीगाहर्जको ड्यूल कोर क्वालकम स्न्यापड्रयागन एस फोर प्रो चीपसेट राखिएको छ । त्यसैगरी यसमा २ जीबीको र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।

फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ भने २१०० एमएएचको ब्याट्री राखिएको छ । ब्ल्याकबेरीले यसमा आफ्नै अपरेटिंग सिस्टम ब्ल्याकबेरी ओएस १०.३ राखेर गत वर्ष सार्वजनिक गरेको थियो ।

अर्कोतर्फ यदि तपाईँसग पहिले नै यो स्मार्टफोन छ र त्यसलाई गोल्ड प्लेटिंग गर्न चाहनुहुन्छ भने पनि कम्पनीले उक्त अवसर दिनेछ । यसका लागि तपाईँले सुनको स्तर हेरेर केबल ६,६५ अमेरिकी डलरदेखि ८८७ अमेरिकी डलरसम्म छनौटमा तिरे पुग्दछ ।

Sajilo Visa

प्रकाशित: १२ पुष २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार