कृषि फ्रेस अब ललितपुरको इमाडोलमा, बिजी एग्रो मार्ट सञ्चालनमा

Technology Khabar १२ पुष २०७२, आईतवार

कृषि फ्रेस अब ललितपुरको इमाडोलमा, बिजी एग्रो मार्ट सञ्चालनमा

काठमाडौं ।

काठमाडौं, १२ पुस । मानवीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि विकास वहुउद्देश्यीय सहकारी संस्था ललितपुर कुमारीपाटीले बजारमा ल्याएको विषादी प्रयोग नभएको १ सय २० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारीहरुको नयाँ आउलेट ललितपुरको इमाडोलमा सञ्चालन गरेको छ ।
इमाडोलको कृष्णमन्दिर अगाडी बिजी एग्रो मार्ट को नाउँमा ’कृषि फ्रेस विषादी रहित उत्पादन’ भन्ने ब्राण्डमा उक्त संस्थाले आफैले उत्पादन गरेको १ सय २० प्रकारको प्रशोधित खाद्यान्न (चामल, दाल, गेडागुडी, मसला, पिठो), ६० प्रकारको तरकारीहरु तथा साग, तोरीको तेल र दूध बिक्रि गर्न सुरू गरेको हो ।
बिषादीयुक्त तरकारी तथा खाद्यान्नको बजार फैलिरहँदा उक्त संस्थाले बिषादी प्रयोग नभएको तरकारी तथा खाद्यान्न उत्पादन गर्दे आएको छ । ललितपुरको टिकाथलीमा दुई सय रोपनी जग्गामा आफै विषादी प्रयोग नगरि यस्ता खाद्य पदार्थ उत्पादन गर्दै आएको र इमाडोलमा नयाँ आउलेट सुरु गरिएको बिजी एग्रो मार्टका सञ्चालक पवन श्रेष्ठले जानकारी दिए ।
उपभोक्ताले उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले  विषादीमुक्त खाद्यान्न र तरकारीहरुको बजारमा बिस्तारका लागि नयाँ आउलेट खोलिएको सञ्चालक श्रेष्ठको भनाई छ ।
उपभोक्ताले विषादीयुक्त तरकारी र खाद्यान्न खरिदका लागि थप आर्थिक व्ययभार व्यहोर्नुपर्दैन् बजारमा भएको मूल्यमै बिषादी रहित पदार्थ उपलब्ध गराएका छौं,’ उनले भने, उत्पादित खाद्य, तरकारी, तेल र दूधको ल्यावमा परीक्षण गरेर मात्र बजारमा आउने गरेको छ ।
कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा हिमाली, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका खाद्यान्न संकलन गरेर बिराटनगरस्थित शाखा कार्यालयमा प्रयोगशालाको सहयोगमा परीक्षण गरेपछि थप परीक्षण तथा प्याकिङका लागि काठमाडौं भित्र्याइएको र करिब आठ करोडको लगानीमा संस्थाले यस्ता उत्पादन, प्याकेजिङ र बिक्रि गर्ने व्यवस्था मिलाइएको कृषि विकास बहुउद्येश्य सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापाले जानकारी दिए ।
यस्ता कामका लागि तीन सय जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको संस्थाले जनाएको छ । गत बर्ष मात्रै उक्त संस्थाले एक करोड ९५ लाख ८६ हजार मूल्यबराबरको ५ लाख ५१ हजार किलो तरकारी उत्पादन गरेर बिक्रि गरेको थियो । संस्थाले कम्तिमा ३६ करोड मूल्यबराबरको खाद्यान्न बिक्रि गर्ने लक्ष्य राखेको छ ।

Global Bank
easy care

प्रकाशित: १२ पुष २०७२, आईतवार

ताजा समाचार