एनसेल एप क्याम्पमा अन्नेम्ड(भिआर)ले सर्वोत्कृष्ट विजेताको उपाधी हात पार्यो

Technology Khabar ८ पुष २०७२, बुधबार

एनसेल एप क्याम्पमा अन्नेम्ड(भिआर)ले सर्वोत्कृष्ट विजेताको उपाधी हात पार्यो

काठमाण्डौं, ८ पुस । एनसेल एप क्याम्प २०१५ को सर्वोत्कृष्ट विजेताको पुरस्कार अन्नेम्ड (भिआर)ले प्राप्त गरेको छ । मोवाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको एप क्याम्प २०१५ को सर्वोत्कृष्ट विजेता अन्नेम्ड (भिआर) घोषित भएको हो । खेल तथा मनोरञ्जन विधा अन्र्तगत प्रतिस्पर्धामा रहेको उक्त समुहले विधागत विजेताको साथै सर्वोत्वकृष्ट विजेताको पुरस्कार हात पारेको हो । MobilesKhabar_04

यसै गरी स्वास्थ्य विधाबाट स्किन कन्सल्ट, पर्यटनबाट पिनपिक्स् र युटिलिटीबाट निडर विजेता भएका छन् । अन्नेम्ड (भिआर) ले विधागत पुरस्कारअन्रतगत २ लाख ५० हजार रुपैंया तथा सर्वोत्कृष्ट  विजेताकोे ५ लाख रुपैंया गरी ७ लाख ५० हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । अन्य तीन विधाका प्रत्येक विजेता समुहले २ लाख ५० हजार रुपैंया पुरस्कार प्राप्त गरेका छन् ।MobilesKhabar_03

अन्नेम्ड (भिआर) ले थ्रिडी हरर गेम एप निर्माण गरेका थिए । सर्वोत्कृष्ट विजेताले २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् । सर्वोत्कृष्ट विजेता घोषित भएपछि प्रतिक्रिया दिदै समुहका लिडर शितल कुमार महर्जनले आफुहरुले देखेको सपना साँचो भएको बताए ।

कार्यक्रममा एनसेलका सिइओ एरिम टाइलानलरले विजेतालाई प्रदान गरिएको नगद पुरस्कारले व्यवसाय सुरुगर्नको लगि आधार प्रदान गर्ने बताए  । “एनसेलले युवाहरुको आइसिटी प्रति रहेको क्षमता र संभावनालाई बाहिर ल्याउन आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमको निरन्तरता दिने छ ।” उनले भने ।MobilesKhabar_05

यस्तै सुचना संचार तथा प्रविधि मन्त्रालयका सह सचिव कविराज खनालले एनसेलले आइटी क्षेत्रको विकासको लागि बाटो देखाउने काम गरेको बताए । उनले एप निर्माताहरुलाई थप संभावनाका बाटाहरु बढाउने गरी सरकारले काम अगाडी बढाउने स्पष्ट पारे ।

खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६÷६ वटा गरि अन्तिम प्रतिस्पर्धाकोलागि २४ समुहहरु छानिएका थिए । विगत पाँच महिनादेखि जारी एनसेल एप क्याम्पमा प्रतियोगिताका लगि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए ।

एनसेलले छनोटका लागि एप को आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको प्रस्तुतिलाई मुख्य आधार बनाइएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: ८ पुष २०७२, बुधबार

Comments are closed.

Loading...