सामसुंग ग्यालेक्सी एस सेभेन मार्च २०१६ मा आउने, मूल्य करिब ५१ हजार रुपैंया हुनसक्ने

Technology Khabar ७ पुष २०७२, मंगलवार

सामसुंग ग्यालेक्सी एस सेभेन मार्च २०१६ मा आउने, मूल्य करिब ५१ हजार रुपैंया हुनसक्ने
लीक भएको स्लाइडको तस्विर

काठमाडौं ।

काठमाडौं, ७ पुस । सामसुंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेनको (Galaxy S7) बारेमा विभिन्न समाचारहरु र चर्चाहरु बाहिर आईरहेको बेलामा पुन यो फोन सार्वजनिक हुने मितिको बारेमा समाचार आएको छ । सामसुंगले यसअघि ग्यालेक्सी एस सिक्स एज प्लस(Galaxy S6 Edge+) र ग्यालेक्सी नोट फाइभ (Galaxy Note 5) सार्वजनिक गरीसकेपछि बजारमा ग्यालेक्सी एस सेभेन कहिले आउँछ भन्ने कौतुहल रहेको छ ।

यसै सिलसिलामा सामसुंगको ग्यालेक्सी एस सेभेन आगामी सन् २०१६ को मार्चमा सार्वजनिक हुने भएको छ । चीनियाँ क्यारियर चाइना मोबाइलले सामसुंगको नयाँ फ्ल्यागशिप फोनको ‘रिलिज डेट’ सार्वजनिक गरेको हो ।

चीनको प्रमुख टेलिकम कम्पनी मध्येको एक चाइना मोबाइलले ग्यालेक्सी एस सेभेन मध्य मार्चमा सार्वजनिक हुने र यसको लागि आगामी बाटो के हुने भनेर स्पष्ट पारेको छ ।

उता वाल स्ट्रिट जर्नलका अनुसार चीन सामसुंगको नयाँ डिभाइसको लागि पहिलो प्रमुख बजारहरुमध्ये एक हुनेछ । त्यसैगरी यो स्मार्टफोन २०१६ को तेस्रो (2016 March) महिनादेखि नै बजारमा उपलब्ध हुने संकेतहरु देखिएका छन् ।

यसअघि सामसुंग ग्यालेक्सी एस सेभेन आगामी फेब्रुअरी २१ मा आधिकारीक घोषणा हुने अनुमान गरिएको थियो ।

यो स्मार्टफोनमा एप्पलको थ्रीडि टच जस्तै प्रेसर सेन्सिंग टचस्क्रीन, रेटिना स्क्यानर तथा अहिलेसम्मको सबैभन्दा शक्तिशाली स्न्यापड्रयागन ८२० अथवा साइनोज ८८९० प्रोसेसर हुनसक्नेछ ।

चाइना मोबाईलको कार्यक्रममा ग्यालेक्सी एस सेभेनको मूल्यको बारेमा पनि जानकारी सार्वजनिक भएको थियो, जसअनुसार चीनमा यसको मूल्य ३,००० चीनियाँ यूआन अर्थात अहिलेको एक्सचेन्ज रेटमा ४६५ अमेरिकी डलर (करिब ५१,००० रुपैंया) हुन सक्नेछ । त्यसैगरी त्यो कार्यक्रममा अन्य स्मार्टफोनहरु हुवावे पी नाइन, सामसुंग ग्यालेक्सी ए फाइभ तथा ए सेभेनको बारेमा जानकारी सार्वजनिक गरीएको थियो ।

सामसुंगलेको पछिल्लो दिनहरुमा अपरेटिंग सिस्टमलाई प्रबद्र्धन गर्नेभन्दा पनि सफ्वेयरलाई द्रूत विकास गर्न र बिस्तार गर्न लागेको छ, जसलाई गूगलका इन्जिनियरहरुले कोरियाली कम्पनीको लक्ष्यमा पुग्न सहयोग गरीरहेका छन् । एजेन्सी

यो पनि हेर्नुहोस्-

सामसुंग ग्यालेक्सी एस सेभेन प्लसको थ्रीडि भिडियो लीक, एसडी कार्ड नभएको खुलासा

Global Bank
easy care

प्रकाशित: ७ पुष २०७२, मंगलवार

ताजा समाचार