श्रीयम मसला नेपाली बजारमा

Technology Khabar ६ पुष २०७२, सोमबार

श्रीयम मसला नेपाली बजारमा

काठमाडौं, ६ पुस । स्वदेशी उत्पादन श्रीयम मसला नेपाली बजारमा आएको छ । राजधानी काठमाडौमै उत्पादन शुरू गरिएको श्रीयम ब्राण्डमा विभिन्न २६ प्रकारका मसला बजारमा ल्याइएको उत्पादक माँ अन्नपूर्ण इन्डष्ट्रिज प्रा.लि.ले जनाएको छ ।

कम्पनीले भान्सँका लागि चाहिने सबैखाले तरकारी, मटन, चिकन, माछा देखि पानीपुरी र मःम मा प्रयोग हुने लगायतका सबैखाले मसला बजारमा ल्याएको इन्डष्ट्रिजका अध्यक्ष अमित जटियाले जानकारी दिए । प्राकृतिक स्वादमा कुनै परिवर्तन नै नगरि गुणस्तरिय स्वादमा मसला उत्पादन गरिएको कम्पनीको भनाइ छ । बजारमा आएका अधिकांश मसला बाहिरबाट हेर्दा स्वादिलो देखाइएपनि प्रयोग गर्दा बास्ना हराउने समस्यालाई मध्यनजर गर्दै आफुहरूले मसलाको प्राकृतिक स्वाद नहट्ने गरी उत्पादन गरिएको कम्पनीको दाबी छ ।

मसलामा अलैची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिच जस्ता थुप्रै प्राकृतिक खाद्यवस्तु प्रयोग गरिएको हुँदा खाना पकाउने क्रममा नुनबाहेक अरू आबश्यक नपर्ने एकमात्र मसला भएको कम्पनीको दाबी छ । यो मसला थोरै मात्रामा राख्दा पनि धेरै लाग्ने र स्वादिलो हुने मसला मानव स्वास्थ्यका हिसाबले उत्कृष्ट रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित: ६ पुष २०७२, सोमबार

Comments are closed.

Loading...