क्लब हिमालयकाे क्रिसमस तथा न्यु ईयर इभमा विशेष प्याकेज

Technology Khabar ६ पुष २०७२, सोमबार

क्लब हिमालयकाे क्रिसमस तथा न्यु ईयर इभमा विशेष प्याकेज

काठमाडौं ।

काठमाडौं, ६ पुस । भक्तपुरको नगरकोटस्थित क्लब हिमालयले क्रिसमस तथा न्यु ईयरलाई स्वागत गर्ने उदेश्यले क्रिसमस इभमा जोडीका लागि विशेष प्याकेज कार्यक्रम घोषणा गरेको छ ।

यहि बिहीवार (२४ डिसेम्वर २०१५) मा आयोजना गरिने उक्त कार्यक्रममा पाहुनाहरुलाई एकोमोडेशनसहित कक्टेल, स्न्याक्स, स्पेसल टर्की डिनर तथा डिसेम्वर २५ तारिखमा नयाँ बिहानीको ब्रेकफाष्टको प्याकेज छ । काठमाडौं उपत्यकाभन्दा नजिकै रहेको  होटलले क्रिसमसमा रमाउने पर्यटकहरुको चाहना पुरा गर्न क्लब हिमालयले यो कार्यक्रम घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

क्लब हिमालयका डाईरेक्टर परमिता शाक्यले क्रिसमस ईभ तथा न्यु ईयरको विशेष प्याकेजमा रमाउन, आनन्दित हुन र त्यसलाई यादगार बनाउन चाहने समस्त जोडीहरुलाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।

Global Bank
easy care

प्रकाशित: ६ पुष २०७२, सोमबार