हुवावेको स्पेशल एडिशनको नेक्सस सिक्स पी भारतमा उपलब्ध, गोल्ड कलरको एक्सक्लूसीभ फोन

Technology Khabar ६ पुष २०७२, सोमबार

हुवावेको स्पेशल एडिशनको नेक्सस सिक्स पी भारतमा उपलब्ध, गोल्ड कलरको एक्सक्लूसीभ फोन
NTC_Advt

काठमाडौं ।

काठमाडौं, ६ पुस । हुवावेले माइक्रोसफ्टका लागि बनाएको नेक्सस सिक्स पी (Nexus 6P) को गोल्ड कलर भर्सनको स्मार्टफोन भारतीय बजारमा बिक्री गर्ने भएको छ । हुवावेको नेक्सस सिक्स पी स्पेशल एडिशन भारतीय बजारमा सोमबारदेखि बिक्री शुरु गर्न लागेको हो ।

यो स्मार्टफोन हाल केबल भारतीय बजारमा मात्र हुवावेले उपलब्ध गराउनेछ भने ईकमर्श साइट फ्लिपकार्टमा मात्र खरिद गर्न सकिनेछ ।

‘हुवावेको नेक्सस सिक्स पी ले भारतीय ग्राहकहरुको राम्रो रेस्पोन्स पाएको र सानो समूहलाई ध्यानमा राखेर हामीले गोल्ड कलरको स्पेशल एडिशनको स्मार्टफोन बजारमा परिचय गराएका छौं ।’ हुवावे इण्डियाका कन्ज्यूमर डिभाइस विजनेस ग्रुप प्रेसिडेन्ट एलेन वांगले भने ।

केहि समय अगाडि जापानमा लन्च गरिएको यो स्मार्टफोन ६४ जीबी आन्तरिक स्टोरेजमा मात्र उपलब्ध हुनेछ ।

भारतीय बजारमा यो स्मार्टफोनको मूल्य कम्पनीले ४३,९९९ भारु तोकेको छ, जुन यसको रेगुलर नेक्सस सिक्स पी भन्दा केबल १,००० भारु बढि हो ।MobilesKhabar_2

हुवावेको नेक्सस सिक्स पी स्पेशल एडिशन स्मार्टफोनमा ५.७ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ । यो गूगलको मेटल बडि भएको पहिलो स्मार्टफोन हो ।

नेक्सस सिक्स पीमा क्वालकम स्न्यापड्रयागन ८१० चीपसेट प्रयोग गरिएको छ भने यसमा ग्राफिक्सका लागि एड्रीनो ४३० जीपीयू रहेको छ ।

यो फोनमा ३ जीबीको र्याम छ भने यसको पछाडि भागमा फिंगर प्रिन्ट सेन्सर राखिएको छ । फोनमा पे सर्भिस पनि दिईएको छ जसलाई एन्ड्रोयड पे नामाकरण गरिएको छ ।MobilesKhabar_3

हुवावेको नेक्सस सिक्स पी फोनमा १२.३ मेगापिक्सेलको सोनी सेन्सर क्यामरा राखिएको छ, जसले कम उज्यालोमा पनि आकर्षक फोटो खिच्दछ भने फोर के भिडियो तथा स्लो मोशन भिडियो खिच्न सकिन्छ । त्यसैगरी यसको फ्रन्ट फेसिंग क्यामरा ५ मेगापिक्सेलको रहेको छ ।
यसमा ड्यूअल फ्रन्ट फेसिंग स्पीकर पनि राखिएको छ ।

प्रकाशित: ६ पुष २०७२, सोमबार