डेटाविण्डको नयाँ ट्याबलेट ‘डाटाविण्ड ७एससी’

Technology Khabar ५ पुष २०७२, आईतवार

डेटाविण्डको नयाँ ट्याबलेट ‘डाटाविण्ड ७एससी’

काठमाडौं, ५ पुस । डेटाविण्डले नयाँ ट्याबलेट डाटाविण्ड ७एससी(Datawind 7SC)  सार्वजनिक गरेको छ । कम्पनीले निकै सस्तो मूल्यमा ल्याएको यो ट्याबलेटमा फ्री इन्टरनेट पनि दिएको छ ।

डेटाविण्डको नयाँ ट्याबलेटमा ७ इन्चको डब्लूभीजीए स्क्रीन रहेको छ, जसको रिजोल्यूशन ४८०X८०० पिक्सेल रहेको छ । यो ट्याबमा ५१२ एमबीको र्याम तथा ४ जीबीको स्टोरेज रहेकोछ, जसलाई बढाएर ३२ जीबीसम्म गर्न सकिन्छ ।

यो ट्याबलेटमा १.३ गीजाहर्जको सिंगल कोर मिडिया टेक प्रोसेसर राखिएको छ भने यो एन्ड्रोयडको ४.४.२ किटक्याट भर्सनमा संचालन हुनेछ ।
यसमा सामान्य भीजीए रियर क्यामरा भएपनि फ्रन्ट क्यामरा राखिएको छैन् । डेटाविण्ड ७एससी ट्याबलेटमा २,४०० एमएएचको ब्याट्री राखिएको छ ।Datawind

दुई सिम प्रयोग गर्न सकिने यो ट्याबलेटमा कनेक्टिभिटीका लागि टूजी कलिंग गर्न सकिन्छ । त्यसैगरी डोंगलको सहयोगबाट थ्रीजी पनि प्रयोग गर्न सकिन्छ । यसमा वाईफाई, यूएसबी, तथा ब्लूटूथलगायतका फीचर पनि रहेका छन् ।

यसमा उपलब्ध रहेको फ्री इन्टरनेटको सेवा उपयोग गर्न केबल यूबीब्राउजर मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।

डेटाविण्डले भारतीय बजारमा सार्वजनिक गरेको यो ट्यालबेट अनलाइनमा मात्र खरिद गर्न सकिनेछ । स्न्यापडिलमा उपलब्ध यो ट्यालबेटको मूल्य भारु २,९९९ तोकिएको छ भने ब्ल्याक कलरमा मात्र उपलब्ध रहेको छ ।

प्रकाशित: ५ पुष २०७२, आईतवार

Comments are closed.

Loading...