आईबलको ‘एन्डी वेबर’ स्मार्टफोन लिस्टेड, ५.५ इन्चको एचडी डिस्प्लेसहितको बजेट फोन

Technology Khabar २९ मंसिर २०७२, मंगलवार

आईबलको ‘एन्डी वेबर’ स्मार्टफोन लिस्टेड, ५.५ इन्चको एचडी डिस्प्लेसहितको बजेट फोन
Classic Tech

काठमाडौं, २९ मंसिर । आइबलले(i-Ball) आफ्नो एण्डी सिरिजको नयाँ स्मार्टफोन आफ्नो अफिशियल साइटमा लिस्टेड गरेको छ । कम्पनीले वेबर(Andi Weber) नामक नयाँ स्मार्टफोन लिस्टेड गरेको हो ।

आईबलको वेबर स्मार्टफोनमा ५.५ इन्चको आईपीएस एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।

यो फोनमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । त्यसैगरी फोनमा ८ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडीद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।iball_andi_5_5h_weber_2

यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

आईबलको नयाँ स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएकोछ । यसमा सीन डिटेक्सन, प्यानोरामा, जिओ ट्यागिंग, बस्र्ट शट, स्माइल शट तथा एचडीआर लगायतका क्यामरा फीचर्स रहेको छ ।iball_andi_5_5h_weber_3

कनेक्टिभिटीका लागि फोनमा थ्रीजी, जीपीआरएस, वाईफाई, माइक्रो यूएसबी, ब्लूटूथलगायतका अप्शन रहेको छ । यो हेडसेटमा २२०० एमएएचको ब्याट्री राखिएको छ ।

कम्पनीले यो स्मार्टफोन लिस्टेड गरेपनि यसको मूल्य र बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी दिएको छैन् । तर भारतमा लिस्टेड गरिएको यो स्मार्टफोन स्थानिय बजारमा भने ६,२९९ भारुमा बिक्री भईरहेको छ । यसको मूल्य भने ७,४९९ रहेको छ ।

TK Viber

प्रकाशित: २९ मंसिर २०७२, मंगलवार

Loading...