सिटिभीको एप्पल वर्ल्ड नामक मल्टिब्राण्ड मोबाइल सोरुम दरबारमार्गमा

Technology Khabar २९ मंसिर २०७२, मंगलवार

सिटिभीको एप्पल वर्ल्ड नामक मल्टिब्राण्ड मोबाइल सोरुम दरबारमार्गमा
Classic Tech

काठमाडौं, २९ मंसिर । सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ ।

सोमबारबाट संचालनमा आएको मल्टिब्राण्ड सोरुम १ हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको छ भने सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइल लगायत विश्व बजारमा पाइने सबै ब्राण्डेड मोबाइलको कारोबार गरिने कम्पनीले जनाएको छ ।

मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएसका प्रेशिडेन्ट दिकेश मलहोत्राले गरेका थिए ।

शोेरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म मुल्यपर्ने मोबाइल रहने तथा मोबाइलबारे जानकारी दिन दक्ष सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यवस्था पनि मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

‘गेटिङ बिगर’ भन्ने मुख्य लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइनमार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । यस्तै मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको छ ।

१ घण्टामै मोबाइल मर्मतबाट ख्याती कमाएको सिटिभी मोबाइलले यो सुबिधा नयाँ शोरुममा पनि रहेको र एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न सकिने ब्यबस्था पनि मिलाएको प्रबन्ध निर्देशक ग्लाइडरले जानकारी दिए ।

मोबाइलको कारोबार गरिरहेको सिटिभी मोबाइलले दरबारमार्गमा खोलेको यो आउटलेट छैठौं हो । यो सोरुमबाट एशोसरिज र ल्यापटपको पनि कारोबार गरिने छ ।

एप्पल वल्र्डले ओपनिङ अफर अन्तर्गत ३५ प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ भने सरप्राइज गिफ्टको समेत व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २९ मंसिर २०७२, मंगलवार

Comments are closed.

Loading...