सिजी मोबाइल सिंगापुरमा सार्वजनिक, केहि समयमै अन्य मुलुकमा पनि सार्वजनिक हुँदै

Technology Khabar २८ मंसिर २०७२, सोमबार

सिजी मोबाइल सिंगापुरमा सार्वजनिक, केहि समयमै अन्य मुलुकमा पनि सार्वजनिक हुँदै

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । नेपाली मोबाइल ब्राण्ड सिजीले आफ्नो विभिन्न मोडलका फोनहरु सिंगापुरमा सार्वजनिक गरेको छ ।

चौधरी ग्रुप अन्तरगतको सिजी मोबाइल प्रालिले तीन वटा मोडल इओन एक्स फोर (EON X4), इओन थ्रीजी (EON 3G) तथा एस्ट्रो १८३डब्लू (Astro 183W) सिंगापुरमा सार्वजनिक गरेको हो । यी मोडलका फोनहरु सिंगापुरको मोबाइल बजारमा विशेषरुपमा प्रबद्र्धन गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सिजी मोबाइल प्रालिका रणनीतिक यूनिट प्रमुख रमेश श्रेष्ठले भने, ‘सिंगापुरमा सिजी मोबाइल लन्च गरेपछि अन्य मुलुकहरुमा पनि हाम्रो उत्पादनहरु सार्वजनिक गर्ने चरणमा छौं । सिजी मोबाइल निकै ठूलो आयोजना हो ।’ उनले नेपालसहित विदेशी बजारमा पनि सिजीको राम्रो प्रतिकृया पाएको बताए ।

रणनीतिक यूनिट प्रमुख श्रेष्ठले थप श्रेणीका स्मार्टफोनहरु तथा फीचर फोनहरु थप गर्न लागेको भन्दै ग्राहकहरुले थप छनौट र प्राथमिकता पाउने स्पष्ट पारे ।

सिंगापुरमा विग बक्समा सिजी एस्ट्रो १८३ डब्लूको मूल्य ३९ सिंगापुर डलर तोकेको छ भने सिजी मोबाइल इओन थ्रीजीको मूल्य ७९ सिंगापुर डलर तथा इओन एक्स फोरको मूल्य ९९ सिंगापुर डलर तोकिएको छ ।

कम्पनी स्रोतका अनुसार सिजी मोबाइलले छिटै मध्यपूर्वका देशहरुमा आफ्नो उत्पादनहरु सार्वजनिक गर्ने जानकारी दिएको छ । ‘सिजी मोबाइलले छिटै यूएईलगायत मिडिल इस्टका देशहरु तथा मलेशियामा अंग्रेजी नयाँ वर्षको मौकामा विभिन्न हेडसेट सार्वजनिक गर्दैछ,’ स्रोतले बतायो । सिजीले छिमेकी मुलुक भारतमा पनि अाफ्नो उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेको स्रोतको भनाई छ ।

त्यसैगरी कम्पनीले ईओन इलाईट एक्सप्रेस, ब्लेजलगायतका नयाँ फोनहरु पनि ल्याउन लागेकोछ । कम्पनी स्रोतका अनुसार ठूलो मात्रामा विभिन्न सिरिजका फोनहरु उत्पादन गर्नुपर्ने हुँदा सबै काम भईसके पनि नेपाल भित्र्याउने चरणमा रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७२, सोमबार

ताजा समाचार