एनसेल एप क्याम्पका २४ समूह अन्तिम प्रतिस्पर्धाका लागि छनौट

Technology Khabar २७ मंसिर २०७२, आईतवार

एनसेल एप क्याम्पका २४ समूह अन्तिम प्रतिस्पर्धाका लागि छनौट
Classic Tech

काठमाडौं, २७ मंसिर । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आयोजना गरेको ‘एनसेल एप क्याम्प २०१५’ का लागि २४ वटा समूह अन्तिम चरणको प्रतिपस्पर्धाका लागि छनौट भएका छन् ।

प्रतियोगिताका लागि राखिएका खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधा बाट ६/६ वटाका दरले दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समूह छनौटमा परेको कम्पनीले जनाएको छ ।

एनसेलले पूर्व घोषित मापदण्डका आधारमा प्रतियोगीहरूको छनोट गरेको हो । यस अन्तर्गत प्रतियोगीहरुले चाहेको एपको आवश्यकता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको अभिव्याक्ति र प्रस्तुतिलाई मुख्य आधार बनाइएको बताईएको छ ।

खेल तथा मनोरञ्जन विधा अन्तर्गत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स एण्ड, फ्लिप्पड, लिस्न, अननेम्ड (भिआर) र अप छनौटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।

फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स्, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधा अन्र्तगत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर–माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज् छानिएका छन् ।

पर्यटन विधाको निर्णायक मण्डलमा रहेका नेपाल पर्यटन वोर्डका जनसम्पर्क निर्देशक सुनिल शर्माले भने, ‘प्रतियोगिहरुको नविनतम आइडियाबाट हामी धेरै उत्साहित भएका छौ । कतिपय एप यस्ता छन् जसको व्यवहारिक प्रयोगबाट नेपालको पर्यटन क्षेत्रले धेरै लाभ हासिल गर्न सक्छ ।’

यस्तै खेल तथा मनोरञ्जन विधाका निर्णायक मण्डलका सदस्य शुयोग्य तुलाधरले कतिपय एपहरुले अन्तराष्ट्रियरुपमा सफल हुन सक्ने सभावना बोकेको बताए । उनले भने, ‘नविनतम् आइडियाको उत्साहजनक उपस्थितिले नेपालमा पनि अन्र्तराष्ट्रिय रुपमा ख्याति प्राप्त ‘फारक्राइर्’ जस्ता गेमहरु नेपालमा बनाउन सकिन्छ भन्ने संभावना मैले देखेको छु ।’

यसैगरी स्वास्थ्य विधामा निर्णायक मण्डलमा रहेका एक सदस्य निरज शाहले प्रतियोगीहरुले राम्रो खोज तथा अनुसन्धान गरेर एपको निर्माण गरेको पाइएको बताए । युटिलिटी विधाको निर्णायक मण्डलमा रहेकी स्वेता कर्णले सवै एपहरु राम्रा रहेको बताउदै ती मध्ये मुख्यतया नविन आइडिया, दिगो व्यवसायिक सुनिश्चतालाई हेरेर एपहरु छनोटमा परेको बताइन् ।

यी २४ समुहमा पर्ने प्रतियोगीहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।

प्रकाशित: २७ मंसिर २०७२, आईतवार

Comments are closed.

Loading...