सिटिभीको नयाँ मल्टिब्राण्ड मोबाइल सोरुम दरबारमार्गमा संचालन हुँदै

Technology Khabar २७ मंसिर २०७२, आईतवार

सिटिभीको नयाँ मल्टिब्राण्ड मोबाइल सोरुम दरबारमार्गमा संचालन हुँदै
Classic Tech

काठमाडौं, २७ मंसिर ।  सिटिभी मोबाइल प्रालिले दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याउन लागेको छ ।

संचालनमा ल्याउन लागेको एप्पल वल्र्ड मोबाइल प्रालिमल्टिब्राण्ड सोरुम १ हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको र सोरुमबाट सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइल लगायत विश्व बजारमा पाइने सबै ब्राण्डेड मोबाइलको कारोबार गरिने जनाएको छ ।

सोरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँ सम्म मुल्यपर्ने मोबाइल हेर्न पाइने प्रबन्धक संगम राइले बताए । बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबल, मोबाइलबारे जानकारी भएका सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था मिलाइएको छ । IMG_9979

गेटिङ बिगर भन्ने मुल लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइन मार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । उनले मोबाइल मर्मतका लागि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको बताए ।

सिटिभी मोबाइलले १ घण्टामा मोबाइल मर्मत सुबिधा एप्पल वल्र्डमा पनि रहेको जनाएको छ भने एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न सकिने ब्यबस्था पनि मिलाएको छ । IMG_9980

सिटिभी मोबाइलले दरबारमार्गमा खोलेको यो आउटलेट छैठौं हो ।मोाबाइलको मल्टिब्राण्ड सोरुम मध्येकै राम्रो दाबी गरिएको यो सोरुमबाट एशोसरिज र ल्यापटपको पनि कारोबार गरिने बताईएको छ ।

कम्पनीले सोरुम ओपनिङ अफर अन्तर्गत ३५ प्रतिशतसम्म छुटको ब्यबस्था गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ मंसिर २०७२, आईतवार

Comments are closed.

Loading...