विश्वको सबैभन्दा धेरै ब्याट्री भएको फोन सार्वजनिक, ओकिटेलको स्मार्टफोनमा १०,०००एमएएचको ब्याट्री

Technology Khabar २४ मंसिर २०७२, बिहीबार

विश्वको सबैभन्दा धेरै ब्याट्री भएको फोन सार्वजनिक, ओकिटेलको स्मार्टफोनमा १०,०००एमएएचको ब्याट्री

काठमाडौं, २४ मंसिर । सबैभन्दा बढि क्षमताको मोबाइल फोनको बारेमा कुरा गर्दा हामी सबैको ध्यानमा हाल ५,००० देखि ६,००० एमएएच क्षमतासम्मको फोनको बारेमा स्मरण हुन्छ । तर यो भन्दा पनि उच्च क्षमताको ब्याट्री भएको मोबाइल फोन बजारमा आएको छ ।

हालै चीनियाँ स्मार्टफोन कम्पनी ओकिटेलले (Oukitel) १०,००० एमएएच क्षमताको ओकिटेल के१०,००० (Oukitel K10000) स्मार्टफोन सार्वजनिक भएको छ । यसअघि पनि ओकिटेलले रिभर्स चार्जिंग भएको ६,००० एमएएचको क्षमतासहितको स्मार्टफोन ल्याईसकेको छ । Oukitel K10000_2

कम्पनीले १०,००० एमएएच ब्याट्री क्षमताको नयाँ स्मार्टफोन हाल अमेरिकामा मात्र प्री बुकिंग गरिरहेको छ । यो स्मार्टफोन हालसम्म विश्वको सबैभन्दा धेरै ब्याट्री क्षमता भएको स्मार्टफोन हो ।

कम्पनीले यो स्मार्टफोनमा पनि रिभर्स चार्जिंग (Reverse Charge) फीचर राखिएको छ जसले दोस्रो मोबाइल पनि चार्ज गर्न सकिन्छ । कम्पनीले यो स्मार्टफोन चार्ज गरेर तीनवटा आईफोन सिक्स एस प्लस फूल चार्ज गर्न सकिन्छ । तीन वटा आईफोन सिक्स एस प्लस चार्ज गरिसकेपछि पनि यो स्मार्टफोनमा १० प्रतिशत ब्याट्री बाँकी रहने दाबी गरिएको छ ।Oukitel K10000_3

कम्पनीले सार्वजनिक गरेको प्रोमोको आधारमा यो स्मार्टफोनलाई चार्ज गर्न भने कम्तिमा ३ घण्टा ३० मिनेट लाग्नेछ ।

ब्याट्रीबाहेक यो फोनको कुरा गर्दा ओकिटेल के १०००० स्मार्टफोन मध्यम श्रेणीको स्मार्टफोन हो । यो फोनमा मेटल फ्रेम प्रयोग गरिएको छ भने अन्य सामान्य किसिमका स्मार्टफोन भन्दा अस्वाभाविक लाग्दो किसिमको डिजाइन गरिएको छ ।

यो स्मार्टफोनमा ५.५ इन्चको एचडी आईपीएस स्क्रीन राखिएको छ जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ भने एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा संचालन हुन्छ ।Oukitel K10000_4

त्यसैगरी यसमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोटो तथा भिडियोका लागि एचडीआर, फेस ब्यूटी, प्यानोरामा एन्टी शेकलगायतका फीचर्स राखिएको छ ।

फोनमा ६४ बिटको १ गीगाहर्जको क्वाड-कोर मिडिया टेक एमटी ६७५३ कोर्टेक्स ए५३ प्रोसेर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ ।

ओकिटेलको नयाँ स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, ब्लूटूथलगायतका सुविधा रहेका छन् भने दुई सिम प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोनको मूल्य २३९.९९ अमेरिकी डलर तोकिएपनि कम्पनीले हाल १९९.९९ डलरमा प्रि बुकिंग गरिरहेको छ । यो फोन जनवरी २ तारिखदेखि मात्रै गियरबिस्टले ग्राहकसम्म पुर्याउने छ ।

यो पनि हेर्नुहोस्-

शक्तिशाली ब्याट्रीसहितको ओकीटेलको फोन आउँदै, ‘के१००००’ स्मार्टफोनमा १० हजार एमएएच ब्याट्री

प्रकाशित: २४ मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...