माइक्रोम्याक्सको क्यानभास ५ ई४८१ स्मार्टफोन नेपाली बजारमा

Technology Khabar २४ मंसिर २०७२, बिहीबार

माइक्रोम्याक्सको क्यानभास ५ ई४८१ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले नेपाली बजारमा क्यानभास ५ ई४८१ (Canvas 5 E481) भित्र्याएको छ ।

क्यानभास ५ ई४८१ मा १.३ गीगाहर्जको अक्टा-कोर प्रोसेसर रहेको छ भने ग्राफिक्सका लागि माली टी ७२० जीपीयू रहेको छ । यसमा ५.२ इन्चको एचडी आईपीएस ओजीएस (IPS OGS) स्क्रीन राखिएकोछ । यो फोनमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

क्यानभास ५ ई४८१ एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ । कम्पनीकाअनुसार यो फोन एन्ड्रोयड मार्शमाल्लोमा अपग्रेड हुनेछ । यस फोनमा दुईवटा सीम प्रयोग गर्न सकिन्छ । micromax_canvas_5

माइक्रोम्याक्स क्यानभास ५ मा १६ जीबीको र्याम राखिएको छ भने यसलाई माइक्रो एसडी कार्डको सहयोगमा ६४ जीबीसम्म थप गर्न सकिनेछ । त्यसैगरी यसमा ३ जीबीको र्याम राखिएको छ भने २९०० एमएएचको ब्याट्री राखिएको छ ।

यो फोनमा फोरजी एलटीई, थ्रीजी, जीपीआरएस, वाईफाई, ब्लूटूथ तथा माइक्रो यूएसबी कनेक्टिभिटीका लागि राखिएको छ ।

माइक्रोम्याक्स क्यानभास ५ ई ४८१ नेपाली बजारमा २१ हजार ५ सय रुपैंयामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २४ मंसिर २०७२, बिहीबार