आईफोनको ब्याट्री बढाउन स्मार्ट ब्याट्री केस आयो, सिक्स र सिक्स एसको ब्याट्री दोब्बर बढाउने

Technology Khabar २३ मंसिर २०७२, बुधबार

आईफोनको ब्याट्री बढाउन स्मार्ट ब्याट्री केस आयो, सिक्स र सिक्स एसको ब्याट्री दोब्बर बढाउने

काठमाडौं ।

काठमाडौं, २३ मंसिर । एप्पलले आफ्ना प्रयोगकर्ताको ब्याट्री समस्यालाई समाधान गर्नका लागि कम्पनीले पहिलो स्मार्ट ब्याट्री केस (Smart Battery Case) लन्च गरेको छ ।

एप्पलले अधिकांश समयहरुमा तेस्रो पक्षद्धारा उत्पादन गरिएका विभिन्न किसिमका सामाग्रीहरु प्रयोग गर्ने गरेको थियो भने उपभोक्ताहरुले पनि एप्पलको लागि उत्पादन गरिएका सामाग्रीहरु प्रयोग गर्ने गर्दथे । तर यो पटक भने फरक देखिएको छ । एप्पल आफैंले स्मार्ट ब्याट्री केस सार्वजनिक गरेको छ ।

एप्पले डिजाइन गरेको ब्याट्री केस आईफोन सिक्स तथा आईफोन सिक्स एसका (iPhone 6 and 6S) लागि सार्वजनिक गरिएको हो । तर यो डिजाइन अलिक अनौठो किसिमको रहेको छ ।MobilesKhabar_1

कम्पनीले नयाँ स्मार्ट ब्याट्री केसले आईफोनको ब्याट्री २५ घण्टासम्म बढाउन सक्ने दाबी गरेको छ भने १८ घण्टासम्म एलटिई (LTE) इन्टरनेट प्रयोग गर्न सकिन्छ । त्यसैगरी कयौं भिडियो तथा म्यूजिक प्लेब्याक टाइमका लागि उपयोग गर्न सकिने बताईएको छ ।

यो स्मार्ट केस बजारमा केबल दुई कलरमा उपलब्ध हुनेछ । यसमध्ये ह्वाइट एण्ड ब्ल्याक कलरमा मात्र रहेका छन तर कम्पनीको आईफोनहरु भने गोल्ड तथा रोज गोल्ड कलर भेरिएन्टमा पनि उपलब्ध रहेको छ ।

एप्पलका अनुसार यो ब्याट्री केस सफ्ट सिलिकन तथा माइक्रो फाइबर धातुद्धारा बनाईएको हो । यूजरले आफ्नो स्मार्टफोनमा आफ्नो आईफोनमा भएको ब्याट्री तथा स्मार्ट ब्याट्रीको नोटिफिकेशन पनि चेक गर्न सक्नेछन् ।case-shots

यसका साथै आईफोनको लक स्क्रीनमा पनि आईफोनको ब्याट्री तथा स्मार्ट केसमा भएको ब्याट्रीको बारेमा जानकारी हेर्न सकिनेछ ।

एप्पलले यो ब्याट्रीको क्षमता कति छ भने कुनै जानकारी दिएको छैन् तर स्मार्ट ब्याट्री केसमा भएको ब्याट्रीले आईफोनको ब्याट्री क्षमतालाई दोब्बर गर्ने बताईएको छ । त्यसआधारमा हेर्दा आईफोन सिक्स एसमा १,७१५ एमएएचको ब्याट्री राखिएको हुँदा केसमा पनि सोहि क्षमताको ब्याट्री रहेको अनुमान गरिएको छ ।MobilesKhabar_3

यो स्मार्ट केस आईफोन सिक्स र सिक्स एसका प्रयोग गर्न सकिने भएपनि यसको बाहिर कभरमा भने आईफोन सिक्स एसका लागि मात्र उल्लेख गरिएको छ । नयाँ स्मार्ट केसले आईफोनको पुरानै लाईटिंग केबल तथा एप्पलको आईफोन डक पनि सपोर्ट गर्दछ ।

एप्पलले यो स्मार्ट ब्याट्री केसको मूल्य ९९ अमेरिकी डलर (करिब १० हजार ६ सय रुपै‌याँ) तोकेको छ भने मंगलबारदेखि नै अमेरिका तथा ब्रिटेनमा बिक्री शुरु भईसकेको छ ।

easy care

प्रकाशित: २३ मंसिर २०७२, बुधबार

ताजा समाचार