नोभा लन्चर प्राइम अब १ डलरमा, यूएसए, यूके र इन्डियामा मूल्य घट्यो

Technology Khabar २२ मंसिर २०७२, मंगलवार

नोभा लन्चर प्राइम अब १ डलरमा, यूएसए, यूके र इन्डियामा मूल्य घट्यो

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । एन्ड्रोयडमा लोकप्रिय लन्चरको रुपमा रहेको नोभा लन्चर प्राइम (Nova Launcher Prime) एपको मूल्य कम्पनीले घटाएको छ । टेल्साकोइल सफ्टवेयरको (TelsaCoil Software) नोभा लन्चर प्राइमले आफ्ना प्रयोगकर्ताको संख्यामा वृद्धि गर्ने उदेश्यका साथ एपको मूल्य घटाएको हो ।

नोभा लन्चर प्राइम अब गूगल प्लेमा केबल ०.९९ अमेरिकी डलर तिरेेर खरिद गर्न सकिनेछ । यसअघि प्राइम भर्सनको यो एपको मूल्य ५ अमेरिकी डलर तोकिएको थियो । यसमा म्यासेज अनरिड काउन्ट, गेस्चर बेस्ड नाभिगेशन, एबिलिटी टू हाइड एप्स, क्रिएट कस्टम ट्याब्स एण्ड फोल्डर्स इन दि एप ड्रअर तथा एडिशनल स्क्रोल ईफेक्ट जस्ता फीचरहरु प्रयोग गर्न सकिनेथियो ।unnamed

यो एप अब यूके र इन्डियामा अझ सस्तो मूल्यमा उपलब्ध रहेको छ । यूकेमा यो एप १० पेन्समा (10 pence) लिस्टेड रहेको छ भने भारतमा केबल १०/- भारु तिरेर यो एप उपयोग गर्न सकिन्छ ।

यो एपले गरेको मूल्य कटौतीले यो एपको लोकप्रियता अझै बढ्ने अनुमान गरिएको छ ।

टेल्साकोइल सफ्टवेयर कम्पनीले तयार पारेको नोभा लन्चर प्राइम प्रयोग गर्न मूल्य भूक्तानी गर्नुपरेपनि यहि कम्पनीको नोभा लन्चर भने गूगल प्लेमा निशुल्क उपलब्ध रहेको छ ।

यो एप हालसम्म १० लाखभन्दा बढि स्मार्टफोन प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् भने यसलाई हालै डिसेम्बर ४ मा अपडेट गरिएको छ । नोभा लन्चर प्राइमको साइज ४८.५३ केबी रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २२ मंसिर २०७२, मंगलवार

ताजा समाचार