कसमस डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस शेयर दिने

Technology Khabar २१ मंसिर २०७२, सोमबार

कसमस डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं ।

काठमाडौं, २१ मंसिर । कसमस डेभलपमेन्ट बैंकको पाँचौं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीको समुहवाट ५ जना संचालकहरु सर्बसम्मत निर्वाचित गरेको छ । प्रा. डा. टेकनाथ ढकाल, कृष्ण बहादुर थापा, हरी अर्याल, शुशिल काजी बानिया र रामजी प्रसाद अधिकारी सर्बसम्मत निर्वाचित भएका छन् ।

बैंकले आर्थिक बर्ष २०७१÷०७२ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर जारी गरिएको र त्यसरी जारी हुने बोनस शेयरमा कर प्रयोजनार्थ रु.३,४५,३९५ कुल नगद लाभांश वितरण गरिएको छ । बैंकका अध्यक्ष ढकालले बोनस शेयर पश्चात हुने शेयर पुँजीमा १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पनि बताए । यसरी हकप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी रु. १०,०६,२५,०००/-(अक्षरुपी दश करोड छ लाख पच्चीस हजार मात्र) हुनेछ ।

हाल बैंकले गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमामा प्रधान कार्यालयका साथै ३ वटा शाखा कार्यालय तथा गोरखा नगरपालीकाको छेवेटारमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ मंसिर २०७२, सोमबार

ताजा समाचार