किबोर्ड सहितको ट्याबलेटको माग बढ्दो, सामान्य ट्याबलेटको बजार घट्यो

Technology Khabar २१ मंसिर २०७२, सोमबार

किबोर्ड सहितको ट्याबलेटको माग बढ्दो, सामान्य ट्याबलेटको बजार घट्यो
Classic Tech

काठमाडौं, २१ मंसिर । केहि वर्ष अगाडिसम्म नेटबुकले कम्प्यूटरलाई विस्थापित गर्दै लगेको थियो, त्यतिबेलासम्म बजारमा ट्याबलेटहरु आईपुगेका थिएनन् । त्यो समयमा नेटबुकहरु बोक्न सहज, आधारभूत वेब चलाउन सकिने र अफिसका कामहरु सबै गर्न सकिने हुँदा त्यसको माग निकै थियो ।

तर अब समय परिवर्तन हुँदै गएको छ । सन् २००९ मा एप्पलले आईप्याड सार्वजनिक गरेपछि अन्य उत्पादकहरुले पनि विभिन्न किसिमका ट्याबलेटहरु निर्माण गर्दै गए । ट्याबलेट बजारमा आउन थालेसँगै नेटबुकको बजार पनि हराउँदै गयो । त्यसैले गर्दा गूगलले नेटबुकको साटो क्रोमबुकमा द्रूत गतिमा फड्को मार्यो ।

अब भने फेरी समय फेरिँदै गएको छ । बजारमा अहिले विभिन्न किसिमका ट्याबलेटहरु खरिद गर्न सकिन्छ । विभिन्न ब्राण्ड र कम्पनीहरुको ट्याबलेट विभिन्न किसिमका साइज र स्तरअनुसार उपभोक्ताले खरिद गर्न सक्दछ । तर पनि समयक्रमसँगै सामान्य किसिमको ट्याबलेटको माग घटिरहेको देखिएको छ । हालै आईडिसीले सार्वजनिक गरेको ट्याबलेटको तथ्यांकअनुसार सामान्य किसिमको स्ट्याण्डमा राखेर प्रयोग गर्ने ट्याबलेटको माग घटिरहेको छ । उता किबोर्ड प्रयोग गर्न सकिने र जोड्न सकिने डिट्याचेबल किसिमको ट्याबलेटको (Tablets with detachable keyboard)माग भने बिस्तारै बढिरहेको रिपोर्टले देखाएको छ ।Tablets

आईडिसीको रिपोर्टअनुसार विण्डोजको किबोर्डसहितको ट्याबलेटहरुको बजार बिस्तारै बढ्ने अनुमान गरिएको छ । एन्ड्रोयडमा आधारित ट्याबलेटको बजार हिस्सा पनि विण्डोज ट्याबलेटले लिँदैछ भने आईओएसमा आधारित ट्याबलेटहरुको बजार हिस्सा भने स्थिर रहेको छ ।

गूगलको पिक्सेल सी (Google Pixel C), एप्पलको आईप्याड प्रो (iPad Pro) तथा माइक्रोसफ्ट सर्फेस लाइनको (Microsoft surface line) निरन्तरको सफलताले आगामी दिनमा न्यून मूल्यका स्तरीय ट्याबलेटहरुको माग बढ्ने देखिएको छ । यस्ता ट्याबलेटहरुमा किबोर्ड प्रयोग गर्न सकिन्छ जून उत्पादनशिल कार्यमा प्रयोग गर्न सकिन्छ । यस्ता किबोर्डसहितका ट्याबलेटहरु आागमी दिनमा कम्प्यूटरको साटो नेटबुक प्रयोग भएजस्तै प्रयोग गरिने अनुमान रिपोर्टको रहेको छ ।

TK Viber

प्रकाशित: २१ मंसिर २०७२, सोमबार

Comments are closed.

Loading...