याहूको नयाँ च्याटिंग एप आयो, एपमा ‘अनसेण्ड म्यासेज’ सुविधा

Technology Khabar २० मंसिर २०७२, आईतवार

याहूको नयाँ च्याटिंग एप आयो, एपमा ‘अनसेण्ड म्यासेज’ सुविधा

काठमाडौं ।

काठमाडौं, २० मंसिर । याहुले (Yahoo) च्याटिंगका लागि नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो म्यासेन्सरलाई थप आकर्षक बनाउनका लागि नयाँ एप ल्याएको हो ।

याहूको यो एप वेब, एन्ड्रोयड तथा आईओएसमा प्रयोग गर्न सकिन्छ । कम्पनीकाअनुसार याहू म्यासेन्जरलाई थप आकर्षक बनाईएको र नयाँ किसिमले प्रस्तुत गरिएको छ, यसले प्रयोगकर्तालाई नयाँ यूजर इन्टरफेस तथा अप्शनहरु राखिएको छ । पछिल्ला दिनहरुमा फेसबुक म्यासेन्जर तथा ह्वाट्सएपको लोकप्रियतासँगै याहू म्यासेन्जरको लोकप्रियता कम हुँदै गईरहेको थियो । तर अब याहूले नयाँ एपको माध्यमबाट पुन आफ्नो म्यासेन्जर बजारलाई उकास्ने अपेक्षा गरेको छ ।

यसबिचमा कम्पनीले याहू मेल तथा वेदर सर्भिसलाई निकै आकर्षक बनाईरहेको छ भने यसको साथै फोटो सेयरिंग एप फ्लिकरले पनि राम्रो उपस्थिती देखाएको छ ।

नयाँ म्यासेन्जर एपमा अनसेण्ड म्यासेज फीचर रहेको छ । यो फीचरको माध्यमबाट प्रयोगकर्ताले कुनैपनि पठाएको फोटो तथा एनिमेटेड जीआईएफ (Animated GIF) तस्विरलाई डिलीट गर्न सक्दछ । पठाउने व्यक्तिले यस्तो तस्विर डिलिट गरेमा यो तस्विर प्राप्त गर्ने रिसिभरको म्यासेन्जरबाट पनि डिलिट हुन्छ ।yahoooo

त्यसैगरी याहूले नयाँ एपमा आफ्नो फोटो सेयरिंग सर्भिस फ्लिकरको (Flickr) माध्यमबाट छिटो तथा सहजरुपमा फोटो सेयर गर्न सकिन्छ । यसबाट एकैपटक सयौं फोटोहरु पठाउन सकिन्छ ।

म्यासेन्जरमा च्याटिंगको समयमा सजहरुपमा जीआईएफ तस्विर पठाउन सकिन्छ । यसका लागि कम्पनीले टम्बलरको (Tumblr) सहयोग लिएको छ ।

याहूको नयाँ म्यासेन्जरमा च्याटको समयमा लाइक गर्ने अप्शन पनि उपलब्ध हुनेछ । कसैले पठाएको फोटो वा जीआईएफ तस्विर लाइक गर्न सकिनेछ ।

यसका साथै याहूको नयाँ म्यासेन्जर एपमा डेस्कटप यूजर्सका लागि म्यासेज आएपछि फास्ट एण्ड सिक्योर पुश नोटिफिकेशन प्राप्त हुने फीचर राखिएको छ ।

याहूको नयाँ म्यासेन्जर एप गूगलको प्ले स्टोर तथा एप्पल स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

यो एप याहूको नयाँ मेल एपसँग मिल्दोजुल्दो छ भने वेब प्रयोगकर्ताका लागी ४४ भाषामा उपलब्ध छ तर एन्ड्रोयड तथा आईओएसमा भने केबल अंग्रेजी भाषामा मात्र प्रयोग गर्न सकिन्छ । यो म्यासेन्जर याहूको सबै एकाउन्टसँग सिन्क्रोनाइज गर्न सकिन्छ ।

यो एपको साइज ६‍.१ एमबी छ भने समाचार तयार पार्दासम्म यसले ४‍.१ रेटिंग पाएको छ ।

डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: २० मंसिर २०७२, आईतवार