ललितपुर मोबाइल कम्प्लेक्समा अब कन्ज्यूमर इलेक्ट्रोनिक्स पनि उपलब्ध

Technology Khabar २० मंसिर २०७२, आईतवार

ललितपुर मोबाइल कम्प्लेक्समा अब कन्ज्यूमर इलेक्ट्रोनिक्स पनि उपलब्ध

काठमाडौं, २० मंसिर । लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले सामसुंग ब्राण्डको इलेक्ट्रोनिक्स उत्पादनहरुको बिक्री शुरु गरेको छ । सामसुंग ब्राण्डका एलईडी टेलिभिजन, वासिंग मेसिन, माईक्रोवेभ ओभनलगायतका कन्ज्यूमर इलेक्ट्रोनिक्सको पनि बिक्री शुरु गरेको हो ।

ललितपुर जिल्लाका मोबाइल तथा इलेक्ट्रोनिक्स वस्तुहरुका १० बितरकहरुले एकै स्थानबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामाग्रीहरु अन्य रिटेलरहरुलाई पनि बिक्री गरिने व्यवस्था मिलाएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । उनले सबै मोबाइलदेखि घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु एकै स्थानमा पाइने हुँदा पसल पसल धाउनुपर्ने समस्याबाट उपभोक्ता मुक्त हुने बताए ।

कम्प्लेक्समा बिभिन्न ब्राण्डका मोबाइलहरु कम्पनीबाट सिधै ल्याएर बिक्री गरिने हुँदा ग्राहकहरुले सक्कली र गुणस्तरीय मोबाइल तथा एसेसरिज मात्र प्राप्त गर्ने बताईएको छ । एकै स्थानमा विभिन्न ब्राण्डका मोबाइल र इलेक्ट्रोनिक्स वस्तुहरु खरिद गर्न पाइने हुँदा उपभोक्ताहरुले सूपथ मूल्यमा आफ्नो रोजाईका सामाग्रीहरु खरिद गर्न पाउने भएका छन् ।

कम्प्लेक्समा विश्वको प्रसिद्ध मोबाइल ब्राण्डहरु सामसुंग, हुवावे, लाभा, डिटिसी, कलर्स, जियोनी, इन्टेक्स, माइक्रोम्याक्स, भिडियोकोन, सोनी, नोकिया, माइक्रोसफ्ट, सिजी ब्राण्डका आधिकारीक मोबाइल तथा एसेसरिजहरु मात्रै बिक्री गरिनेछ । कम्प्लेक्सले नेपालमा सबैभन्दा धेरै रुचाईएको १० ब्राण्डका कम्पनीहरुसँग सिधै सम्झौता गरि मोबाइल बिक्री गर्नेहुँदा अन्य स्थानको भन्दा सूपथ मूल्यमा मोबाइलहरु खरिद गर्न सकिनेछ ।

त्यसैगरी मोबाइलका अन्य रिटेल बिक्रेताले पनि पसलका लागि आवश्यक सामाग्रीहरु होलसेल मूल्यमा नै खरिद गर्नसक्ने गरि बितरण प्रणाली मिलाईएको कम्प्लेक्सले जनाएको छ ।

प्रकाशित: २० मंसिर २०७२, आईतवार

Comments are closed.

Loading...