शिओमीले आधिकारीक थ्रीजी र फोरजी डिभाइसको लाइसेन्स पायो, क्वालकमसँग पेटेन्ट सम्झौता

Technology Khabar १६ मंसिर २०७२, बुधबार

शिओमीले आधिकारीक थ्रीजी र फोरजी डिभाइसको लाइसेन्स पायो, क्वालकमसँग पेटेन्ट सम्झौता

काठमाडौं, १७ मंसिर । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमी टेक्नोलोजीले अब क्वालकमको पेटेन्ट आधिकारीकरुपमा प्रयोग गर्न पाउने भएको छ । शिओमी र चीपमेकर कम्पनी क्वालकम इन्कबिच हालै भएको सम्झौताले शिओमीले आफ्ना डिभाइसहरुमा क्वालकमको पेटेन्ट प्रयोग गर्न सक्ने भएको छ ।

शिओमीले अब थ्रीजी र फोजी प्रविधिसहितका डिभाइसहरु जुन क्वालकमको पेटेन्ट प्रयोग गरिएका हुन्छन् उत्पादन गर्न र बिक्री गर्न पाउने भएको हो । यो सम्झौताले दुबै कम्पनीलाई अहिलेको स्मार्टफोन बजारमा कम्पनीलाई निकै फाइदा हुने अनुमान गरिएको छ ।

‘शिओमी आफ्ना लोकप्रिय एमआई लाइनका डिभाइसहरुको माध्यमबाट नेतृत्वदायि स्मार्टफोन विकास र अनुसन्धानकर्ता भएकोमा आफैंले गर्वानुभूत गर्दछ ।’, शिओमीका प्रमुख कार्यकारी अधिकृत ली जुनले भने, ‘क्वालकमको लाइसेन्सले हाम्रा बढ्दो ग्राहकहरुको आधारलाई नयाँ र पछिल्ला नौला प्रविधिसहितका उत्पादनहरु ल्याउन हाम्रालागि मूख्य भूमिका खेल्नेछ ।’

यसले शिओमीको द्रूतरुपमा बढ्दै गएको स्मार्टफोनको बजारलाई थप बढाउन मद्धत गर्ने अपेक्षा गरिएको छ ।

शिओमी सन् २०१० देखि द्रूतरुपमा विकसित हुँदै चीनियाँ बजारमा नेतृत्वदायी स्मार्टफोन निर्माता हुन सफल भएको छ । यसले एप्पल इंक र सामसुंगजस्ता कम्पनीहरुलाई पनि मध्यम श्रेणी र बजेट श्रेणीका डिभाइसहरु बनाउँदै पछाडि पारेको छ । विशेषगरी सस्ता र निकै आकर्षकरुपमा डिजाइन गरिएका ह्याण्डसेटले एप्पलको आईफोनको विकल्पको रुपमा विकास भएको छ ।

यो सम्झौताभित्र शिओमीले तिर्ने रोयल्टी क्वालकमले चीनको नेशनल रिफर्म एण्ड डेभलपमेन्ट कमिशन(एनडीआरसी) मा बुझाएको रेक्टिफिकेशन प्लानको शर्तहरुको आधारमा हुनेछ ।

क्वालकमले चीनको एन्टी मोनोपोली ल तोडेको विषयमा एनडीआरसीसँगको विवाद मिलाएको छ । यसले चीनमा क्वालकमको पुन प्रवेश भएको छ । यसअघि एन्टिट्रस्ट अनुसन्धानको विवादमा कम्पनीले चीनियाँ कम्पनीहरुलाई अन्य मुलुकका भन्दा बढि मूल्य तोकेको आरोप लागेको थियो ।

क्वालकमका प्रेसिडेन्ट डेरेक अबेर्लेले भने, “क्वालकम यसका चीनमा रहेका सहकर्मीहरुको सफलताका लागि प्रतिबद्ध रहेको छ, जसले निरन्तर आफ्ना व्यवसाय वृद्धि गरीरहेका छन् साथै हामी शिओमीसँगको नयाँ सम्झौताबाट खुशी भएका छौं ।’

क्वालकमले यूरोपियन यूनियन अधिकारीहरुबाट पनि चीनको जस्तै दुईवटा अनुन्धान भोगिरहेको छ । एजेन्सी

प्रकाशित: १६ मंसिर २०७२, बुधबार

Comments are closed.

Loading...