लाई-फाई प्रविधिको सफल परिक्षण, केहि सेकेण्डमा १ जीबी डाटा ट्रान्सफर

Technology Khabar ११ मंसिर २०७२, शुक्रबार

लाई-फाई प्रविधिको सफल परिक्षण, केहि सेकेण्डमा १ जीबी डाटा ट्रान्सफर
सिम्वोलिक तस्विर

काठमाडौं ।

Li-1st,_the_first_Li-Fi_product
पहिलो पटक लाईफाई प्रयोग गरिएको उपकरण, विकिपेडियाबाट

काठमाडौं, ११ मंसिर । अब तिब्र गतिमा ताररहित प्रविधिको प्रयोगबाट तिब्रगतिमा डाटा आदान प्रदान गर्न सकिने संभावना बढेको छ । बिना तार डाटा आदान प्रदान गर्न गरिने प्रविधि अर्थात् वाईफाई भन्दा तिव्र गतिमा को डाटा आदान प्रदान गर्न सकिने प्रविधीको रूपमा लाई-फाईको (Li-Fi) अविश्कार भएको छ । इस्टोनियन स्टार्टअप भेलमेनीले (Velmenni) सार्वजनिकरुपमा लाई-फाई नाम दिईएको प्रविधिको सफल परिक्षण गरेको छ ।

यसबाट डाटा ट्रान्सफर निकै तिव्र गतिमा हुन्छ । भिजिबल लाइट कम्यूनिकेसनद्धारा (Visible Light Communication) भेलमेनीले १ जीबीसम्मको डाटा ट्रान्सफर गर्न सफल भएको छ । यो अहिलेको वाई-फाई भन्दा १०० गुणा बढि गति हो । यसबाट हामी मात्र १ सेकेण्डमा ३ घण्टासम्मको भिडियो आदानप्रदान गर्न सक्छौ ।

यसको आविश्कार सन् २०११ मा स्कटल्याण्डको एडिनवर्ग विश्वविद्यालयमा वैज्ञानिक प्राध्यापक हाराल्ड हासले गरेका थिए । उनी र उनको समूहले सेल्फ पावरींग सोलार प्यानलहरुले पृथ्विको दुर्गम भेगमा लाईफाई प्रविधिको प्रयोगबाट उच्चगतिको इन्टरनेट प्रदान गर्न सकिने बताए ।

slideshare.net
slideshow.net

यो प्रविधी भिजिबल लाइट कम्युनिकेशन (भिएलसी) मा आधारित रहेको छ । लाईफाई प्रविधीमा एलईडी बल्बमार्फत डाटा आदान प्रदान गरिन्छ । यसका लागि एलइडी बल्बमा (LED Bulb) एउटा माइक्रोचिप प्रयोग गरिन्छ । यो वाईफाईको तुलनामा सुरक्षित छ किनकी प्रकाशले पर्खाल पार गर्न सक्दैन । जब बल्ब बल्छ, तब बाइनरी कोडमा डाटा ट्रान्समिट हुन थाल्दछ ।

भेलमेनीका सीइओ दीपक सोलंकीकाअनुसार भिएलसी प्रविधिको प्रयोग विभिन्न औद्योगिक क्षेत्रमा पाइलट प्रोजेक्टका रुपमा गरिरहेको छ । ‘हामीले औद्योगिक वातावरणमा स्मार्ट लाइटिंग सलुसनको डिजाइन गरिरहेका छौं जहाँ प्रकाशको माध्यमबाट डाटा संचार हुन्छ ।’ कम्पनीका सिईओ सोलंकीले बताए ।Li-Fi

हाल यो समूहले यो प्रविधिको व्यवसायीक विकास गर्नका लागि औद्योगिक सहकर्मीको खोजीमा रहेको छ । विश्वविद्यालयको व्यवसायिक अंगले प्योर लाई-फाईमा आधारीत स्मार्टवाचको प्रोटोटाइप सिर्जना गरीसकेको छ ।

यो प्रविधि विशेषगरी वेयरेबल डिभाइस तथा इन्टरनेट अफ थिंग्सका (Internet of Things) लागि विकासशिल मुलुकहरुमा प्रयोग गर्न सकिने तथा विश्वमा डिजीटल डिभाइड कम गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।

तर यो प्रविधिको पनि कमजोरी रहेको छ । त्यो कमजोरी भनेको बाहिरी सिधै घाम लाग्ने स्थानमा यो प्रयोग गर्न सकिँदैन् । किनकी प्रकाशले यसलाई असर पार्दछ । तर वाईफाई प्रयोग गर्न नसकिने स्थानहरु जस्तै अस्पताल, हवाइजहाजलगायतका स्थानमा भने प्रयोग गर्न सकिन्छ । एजेन्सीहरुको सहयोगमा

easy care

प्रकाशित: ११ मंसिर २०७२, शुक्रबार