केबल ५ सय ३५ रुपैंया पर्ने कम्प्यूटर आयो, अधिकांश काम यसैमा गर्न सकिने

Technology Khabar ११ मंसिर २०७२, शुक्रबार

केबल ५ सय ३५ रुपैंया पर्ने कम्प्यूटर आयो, अधिकांश काम यसैमा गर्न सकिने

काठमाडौं ।

काठमाडौं, ११ मंसिर । एउटा सामान्य कम्प्यूटर कति सस्तो मूल्यमा खरिद गर्नुहुन्छ ? निश्चयपनि अहिलेको अवस्थामा तपाईँले यसको उत्तर १० हजार रुपैंया भन्दा माथि नै भन्नुहुनेछ । तर अब तपाईँले कल्पना गरेको भन्दा निकै कम मूल्यमा कम्प्यूटर खरिद गर्न पाइन्छ भन्दा तपाईँलाई आश्चार्य लाग्न सक्दछ ।

सस्तो कम्प्यूटर निर्माणमा आफ्नो ध्यान केन्द्रित गरिरहेको ब्रिटिश कम्पनी रास्पबेरी पाई फाउण्डेशनले (Raspberry Pi Foundation) अहिलेसम्मकै सबैभन्दा सस्तो कम्प्यूटरको निर्माण गरेको छ । सिंगल बोर्ड कम्प्यूटर निर्माता कम्पनी रास्पबेरीले केबल ५ अमेरिकी डलर अर्थात करिब ५ सय ३५ रुपैंयामा खरिद गर्न सकिने कम्प्यूटरको निर्माण गरेको छ ।Raspberry-Pi-Zero-1

कम्पनीले निर्माण गरेको रास्पबेरी पाई जिरो (Raspberry Pi Zero) नामको डिभाइसको डाइमेन्सन ६५X३०X५ मिलिमीटर मात्र रहेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै सबैभन्दा सस्तो कम्प्यूटरको दाबी गरेको छ । कम्पनीले बनाएको यो माइक्रोप्रोसेसर कम्प्यूटर बिहिवारदेखि अमेरिका तथा ब्रिटेनमा खरिद गर्न सकिनेछ भने यो कम्प्यूटर फाउण्डेशनले प्रकाशित गर्ने दि म्यागपाई (The magPi) नामक म्यागाजिनको डिसेम्बर अंकसँग ग्राहकले निशुल्क खरिद गर्न पाउनेछन् ।screen-shot-2015-11-26-at-12-17-20-pm

यो कम्प्यूटरमा ब्रोडकम बिसीएम२८३५ (Braodcom BCM2835) एप्लिकेशन प्रोसेसर राखिएकोछ भने यसमा १ गीगाहर्जको एआरएम११ कोर (1GH ARM11 Core) रहेको छ, जुन कम्पनीकाअनुसार रास्पबेरी पाई वान भन्दा ४० प्रतिशत तिब्रगतिमा संचालन हुन्छ । यसमा ५१२ एमबीको एलपीडिडिआर२ एसडी र्याम (512 MB LPDDR2 SDRAM) राखिएको छ भने स्टोरेजका लागि माइक्रो एसडी कार्ड स्लट पनि उपलब्ध रहेको छ ।

यो कम्प्यूटर लाइनेक्समा आधारीत रास्पबेरीयन अपरेटिंग सिस्टममा संचालन हुन्छ । यसले यसभन्दा अगाडिको डिभाइसहरुको एप्लिकेशन जस्तै स्क्रयाच (Scratch), माइनक्राफ्ट (Minecraft) तथा सोनिक पाई( Sonic Pi) सपोर्ट गर्दछ ।

त्यसैगरी यसमा १०८० पी ६० भिडियो (1080P60 Video) आउटपुटका लागि मिनी एचडीएमआई (HDMI) सकेट पनि राखिएको छ भने  डाटा तथा पावरका लागि दुईवटा माइक्रो यूएसबी सकेर्ट पनि रहेको छ ।

रास्पबेरी पाई फाउण्डर इबेन उपटनले आफ्नो ब्लग पोस्टमा रास्पबेरी पाईमा गरेको सबै कार्यहरुको आधारमा कम्प्यूटरको हार्डवेयरको लागत कम गर्नु एउटा सबैभन्दा महत्वपूर्ण विषय हो भन्ने उल्लेख गरेका छन् ।

उनले भने, विकाशसिल देशहरुमा पनि प्रोग्रामका लागि आवश्यक कम्प्यूटर मानिसहरुका लागि निकै सुविधाको विषय भएको र हरेक अतिरिक्त रकम खर्चका लागि गर्ने प्रश्नले मानिसहरुको आबद्धतालाई कम गर्दछ ।

यो कम्प्यूटरमा कम्पोजिट भिडियो हेडर राखिएको भएपनि अलग्गै स्ट्याण्डर्ड यूएसबी पोर्ट भने छैन् । रास्पबेरी पाई जिरो कम्प्यूटरमा इथरनेट तथा अन बोर्ड वाईफाई पनि छैन् त्यसैले यसको लागि माइक्रो यूएसबी पोर्टको सहयोगमा छुटै वाईफाई डंगोल प्रयोग गर्नुपर्ने हुन्छ ।

रास्पबेरी पाई जिरो कम्प्यूटर विशेषगरी रोबोटिक सिस्टम तथा प्रोग्रामरहरुको लागि ध्यानमा राखेर बजारमा ल्याईएको कम्पनीको भनाई छ ।

कम्पनीका फाउण्डर उपटनले बिकाशसिल मुलुकहरुमा मानिसहरुले पुरानो टिभीबाट अपग्रेड भएर रास्पबेरी पाई जिरो कम्प्यूटर प्रयोग गर्न सक्ने संभावना औंल्याएका छन् ।

यहि सेप्टेम्बरदेखि रास्पबेरी पाईले टच स्क्रीन इन्टेरफेस पनि सपोर्ट गर्दछ भने कम्पनीले ६० डलर मूल्यमा सात इन्चको डिस्प्ले पनि यसअघि नै ल्याईसकेको छ । एजेन्सीहरु

Global Bank
easy care

प्रकाशित: ११ मंसिर २०७२, शुक्रबार

ताजा समाचार