सुचना तथा प्रविधिका लागि कानुन अपर्याप्तः सूचना तथा संचार प्रविधि मन्त्री

Technology Khabar ११ मंसिर २०७२, शुक्रबार

सुचना तथा प्रविधिका लागि कानुन अपर्याप्तः सूचना तथा संचार प्रविधि मन्त्री

काठमाडौं, ११ मंसिर । नेपालको वित्तीय समावेशिता र भुक्तानी प्रणाली सुरक्षण विषयमा सूचना प्रविधि सुरक्षा आकस्मिक पह्ँच समूह नेपाल (आइटीसर्ट–एनपी)ले आयोजना गरेको तीन दिने सम्मेलन आजदेखि औपचारिक रुपमा सुरु भएको छ ।

सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राईले सम्मेलनको उदघाटन गर्दै हाम्रा सुचना तथा प्रविधिका लागि बनाईएका नियम, कानुन अपर्याप्त भएको बताए। उनले भने, हामीले निर्माण गरेका कानुनहरु अपडेट गर्नुपर्ने आवश्यकता रहेको छ । अहिले इ गर्भनेन्सको विषय चर्चामा रहेको र त्यसलाई कार्यान्वयन गर्नका लागि सूचना प्रविधिका क्षेत्रमा रहेका सबै सरोकारबालाहरुसँग सहकार्य गर्न चाहेको मन्त्री राईले बताए। उनले हाम्रो विद्युतिय कारोबार ऐन पर्याप्त भए नभएको अध्ययन हुँदै गरेको जानकारी दिँदै जनतालाई कसरी भरपर्दो, सुरक्षित र विश्वसनियरुपमा यसको सेवा प्रदान गर्ने भन्नेमा ध्यान दिएको स्पष्ट पारे ।ITSERT_1

मन्त्री राईले सुचना प्रविधिलाई ग्रामिण भेगका जनतासम्म पुर्याउन आवश्यक रहेको हुँदा त्यसका लागि ठूला पूर्वाधार स्थापना गरिने जानकारी दिए। उनले डिजिटल नेपालको रुपमा मुलुकलाई विकास गर्न सकिन्छ की भनेर सरोकारबाला सबैलाई त्यसमा लाग्न आग्रह गरे ।

नेपाल राष्ट्र बैंक, पेमेन्ट एण्ड सेटलमेन्ट विभागका कार्यकारी निर्देशक महेश भट्टराईले पेमेन्ट एण्ड सेटलमेन्ट एक्ट ड्राफ्ट भईरहेको जानकारी दिँदै यसैको आधारमा २० भन्दा बढि संस्थाहरुले अनुमति लिनसक्ने अवस्था आउने बताए ।

उनले भुक्तानी प्रणालमिा जोखिम पनि भएको भन्दै त्यसलाई पहिचान र न्यूनिकरण गरिनुपर्नेमा जोड दिए । कार्यकारी निर्देशक भट्टराईले बैंक तथा वित्तिय संस्थाहरुमा १ करोड ५० लाख भन्दा बढि व्यक्तिले बचत खाता खोलेको जानकारी पनि दिए ।

त्यसैगरी अर्का वक्ता सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र मिश्रले आगामी दिनमा सरकार र निजी क्षेत्र मिलेर सुचना प्रविधिको विकास गर्नुपर्ने बताए । उनले भुक्तानी प्रणाली सुरक्षाका लागि सरकार एक्लैले मात्र नसक्ने भन्दै त्यसको लागी अन्य सरोकारबालाहरुसँग सहकार्य आवश्यक भएको स्पष्ट पारे ।

कार्यक्रममा आइटीसर्ट–एनपीका अध्यक्ष राजन पन्तले वित्तीय क्षेत्रमा प्रयोग भएका प्रविधि र त्यसको सुरक्षा प्रणालीका विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिए । उनले यो सम्मेलनबाट आएको निश्कर्ष सरकारका लागि पनि महत्वपूर्ण हुने भन्दै सेमिनारले एक आपसमा क्षमता अभिवृद्धि गर्ने र जोखिम न्यूनिकरणका लागि सहकार्य गर्न सहयोग पुर्याउने अपेक्षा गरे ।ITSERT_2

सम्मेलनमा इन्टेल सेक्युरिटीलगायतका विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन्  । साथै वैक तथा वित्तीय संस्थामा वर्तमान भुक्तानी प्रणालीमा प्रयोग भएको प्रविधि र त्यसको पूर्वाधार, सीटुजी र बिटुजी भुक्तानी प्रविधि, त्यसका सरोकारवालाले पाउने सुविधा, बैकिङ प्रविधि, क्यासलेश पेमेन्ट सिस्टम, एम–पेमेन्ट, कार्ड सर्भिस तथा वित्तिय समावेशिता र सुरक्षा विषयमा छलफल हुनेछ ।

यो सम्मेलनलाई नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको प्रमाणिकरण नियन्त्रकको कार्यालयले सहयोग गरेको छ भने स्पोन्सरको रुपमा स्याट तथा अफिशियल पार्टनरको रुपमा झक्कास सलुसन, वेव सर्फर तथा प्रविधि पत्रकार मञ्चले सहयोग गरेको छ ।

प्रकाशित: ११ मंसिर २०७२, शुक्रबार

Comments are closed.

Loading...