भारतमा नयाँ मोबाइल ब्राण्ड भियान, बजेट फोन श्रेणीमा ५ मोडल सार्वजनिक

Technology Khabar १० मंसिर २०७२, बिहीबार

भारतमा नयाँ मोबाइल ब्राण्ड भियान, बजेट फोन श्रेणीमा ५ मोडल सार्वजनिक

काठमाडौं, १० मंसिर । पछिल्लो समय तिब्र गतिमा विस्तार भईरहेको भारतीय मोबाइल बजारमा नयाँ मोबाइल ब्राण्ड सार्वजनिक भएको छ । बलिउड अभिनेत्री शिल्पा शेट्टीले भियान (VIAAN)नामको नयाँ ब्राण्डको मोबाइल फोन लन्च गरेकी हुन् ।

बलिउड अभिनेत्री शिल्पाका पति राज कुन्द्राको कम्पनी भियान इन्डस्ट्रिजले ल्याएको यो ब्राण्डको नाम शिल्पाको छोरा भियानको नाममा सार्वजनिक गरिएको हो । vivvanmobilelaunch

कम्पनीले भारतमा एक कार्यक्रमका बिच भियान मोबाइल फोन सार्वजनिक गरेको छ । यो फोन सार्वजकि कार्यक्रममा बलिउडका विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो । यो फोन हाल पाँचवटा संस्करण भी-इमर्ज, भी-इम्पावर, भी-इटर्नल, भी-इनकोर तथा भी १.८ मा उपलब्ध रहेको छ ।v-empower-smartphone-big-5

यसमध्येको भी १.८ फीचर फोन हो भने अन्य हेडसेट स्मार्टफोनको रुपमा सार्वजनिक गरिएको हो ।

कम्पनीले बजारमा ल्याएका यी फोनहरु भारु ८४९ देखि भारु १२९९९ सम्मका रहेका छन् ।v-emerge-smartphone-1

कम्पनीका अध्यक्ष कुन्द्राका अनुसार यो पहिलो भारतीय फोन ब्राण्ड हो जुन भारतसहित विश्वका ७ देशमा एकै पटक सार्वजनिक गरिएको हो । फोन सार्वजनिक गर्दै अभिनेत्री शिल्पाले भारत विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार बनिरहेको बेला नयाँ ब्राण्ड आउनु उत्साहप्रद भएको बताईन् ।v-encore-smartphone

उनले करिब २ देखि ३ प्रतिशत बजार ओगट्न सकिने अनुमान गर्दै करिब ५ लाख मोबाइल सेट मासिक बिक्री गर्ने अनुमान गरिन् ।

भियान मोबाइलले उपभोक्ताहरुलाई हप्ताको सातै दिन तथा चौबिसै घण्टा व्यक्तिगत सुविधा दिने भएको छ । यसले ट्राभल, इन्टरटेनमेन्ट, सपिंग, गिफ्ट लगायतका क्षेत्रमा सुविधा दिने जनाएको छ ।Viaan-Eternal-4G

कम्पनीले ल्याएको भियान मोबाइलको भी १.८ फोनको मूल्य भारु ८४९, भी इमर्जको मूल्य भारु ३,४९९, भी इम्पावरको मूल्य ४,८९९, भी इनकरको तथा भी इटर्नलको कालो रंगको भेरियन्टको मूल्य भारु १२,४९९ तथा गोल्ड कलरको भारु १२,९९९ तोकेको छ । भियानका स्मार्टफोनहरु सबै एन्ड्रोयडमा आधारित रहेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित: १० मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...