सोनीको प्ले स्टेशन ४ को बिक्री ३०.२ मिलियन यूनिट नाध्यो

Technology Khabar १० मंसिर २०७२, बिहीबार

सोनीको प्ले स्टेशन ४ को बिक्री ३०.२ मिलियन यूनिट नाध्यो
फोटोः रोयटर्स

काठमाडौं ।

काठमाडौं, १० मंसिर । सोनी कर्पोरेशनले आफ्नो भिडियो गेम कन्सोलको बिक्री निकै राम्रो भएको जनाएको छ ।

सोनीले आफ्नो भिडियो गेम कन्सोल प्लेस्टेशन ४ (PlayStation 4) को बिक्री ३० दशमलब २ मिलियन यूनिटभन्दा बढि बिक्री भएको स्पष्ट पारेको छ । कम्पनीले विश्व बजारमा यसको मूल्य घटाएपछि वर्षको अन्त्यको बिदा मौसममा यसको माग निकै उच्च भएको उल्लेख गरेको छ ।

प्ले स्टेशन ४, जुन सन् २०१३ मा बिक्री शुरु भएको थियो, यो सोनीको सबैभन्दा द्रुतरुपमा बिक्री भएको गेम कन्सोल हो, जापानीज इलेक्ट्रोनिक्स म्यानुफ्याक्चररले बतायो । यो गेम कन्सोल मार्च महिनासम्म २० मिलियन यूनिट बिक्री भईसकेको थियो ।

सोनीको यो गेम कन्सोलले कम्पनीको किताबमा विगत आठ वर्षको हिसाबमा दोस्रो चौमासिकमा उच्च नाफा बढाउन सहयोग पुर्याएको छ । रोयटर्स

easy care

प्रकाशित: १० मंसिर २०७२, बिहीबार

ताजा समाचार