भ्यालिडिटी सकिएका सिम/रिम कार्ड रु.९० मा पुन एक्टिभ गर्न सकिने

Technology Khabar १० मंसिर २०७२, बिहीबार

भ्यालिडिटी सकिएका सिम/रिम कार्ड रु.९० मा पुन एक्टिभ गर्न सकिने
Classic Tech

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमको पुराना मिती गुज्रेका सिम तथा रिम कार्ड पुन एक्टिभ गर्न पाइने भएको छ । टेलिकमले रिचार्ज नगरी भ्यालिडिटी सकिएका सिम र रिम कार्डलाई पुनः एक्टिभ गरी सञ्चालनमा ल्याउन ९० रुपैयाँ लाग्ने जनाएको छ । उक्त एक्टिभ भएको सिम तथा रिम कार्डमा ५० रुपैयाँ टक टाइम पनि पाइने भएको छ।

त्यसैगरी टेलिकमले जीएसएम र सिडीएमए मोबाइलको हराएको सिम एक्टिभ गर्दा लाग्ने शुल्क पनि घटाएको छ। अबदेखि हराएको सिम एक्टिभेसन शुल्क ५० रुपैयाँ मात्रै पर्नेछ । यसअघि कार्ड परिवर्तन गर्दा १०० रुपैयाँ पुल तथा फ्रोजन स्टेजमा गएका सीम पुनः एक्टिभ गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्दथ्यो ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा ‘टेलिकमले मंसिर १० गते देखि जीएसएमरसिडिएमए मोबाइलको हराएको वा बिग्रेको सिम तथा रीम कार्ड परिवर्तन गर्दा रु.५०।– मात्र शुल्क लिने निर्णय गरेको छ ।’ उल्लेख छ ।

प्रकाशित: १० मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...