इन्टेक्सको लो बजेट फोन ‘क्लाउड जेस्ट’, ललीपप ५.१ भर्सनमा आधारित

Technology Khabar ९ मंसिर २०७२, बुधबार

इन्टेक्सको लो बजेट फोन ‘क्लाउड जेस्ट’, ललीपप ५.१ भर्सनमा आधारित

काठमाडौं, ८ मंसिर । इन्टेक्सले आफ्नो लो बजेट फोनहरु बजारमा पछिल्ला दिनहरुमा निरन्तर सार्वजनिक गरिरहेको छ ।
कम्पनीले बजेट फोनको क्लाउड सिरिजको नयाँ स्मार्टफोन क्लाउड जेस्ट (Cloud Zest) सार्वजनिक गरेको छ । कम्पनीले यो फोन आधिकारिक साइटमा लिस्ट गरेको छ ।

क्लाउड जेस्टमा ५ इन्चको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०X१२८० राखिएको छ । यो स्मार्टफोन ललीपपको ५.१ भर्सनमा आधारित रहेको छ भने दुई सीम प्रयोग गर्न सकिन्छ ।

इन्टेक्सको नयाँ स्मार्टफोनमा १ जीबीको र्याम रहेको छ भने ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । कनेक्टिभिटीका लागि स्मार्टफोनमा थ्रीजी, जीपीआरएस, वाईफाई, ब्लूटूथ तथा माइक्रो यूएसबी अप्शन रहेको छ ।

इन्टेक्स क्लाउड जेस्टमा ४,००० एमएएचको ब्याट्री राखिएको छ, जसले ५०० घण्टासम्मको ब्याकअप दिने कम्पनीको दाबी छ ।  यो फोन भारतीय बजारमा ४,९९९ भारुमा खरिद गर्न सकिन्छ ।

प्रकाशित: ९ मंसिर २०७२, बुधबार

Comments are closed.

Loading...