३६० डिग्रीसम्मको तस्विर खिच्न सक्ने क्यामरा, फूल एचडी भिडियो पनि रेकर्ड हुने

Technology Khabar ८ मंसिर २०७२, मंगलवार

३६० डिग्रीसम्मको तस्विर खिच्न सक्ने क्यामरा, फूल एचडी भिडियो पनि रेकर्ड हुने

काठमाडौं ।

काठमाडौं, ८ मंसिर । रिको इण्डिया (Ricoh India) ले आफ्नो ३६० डिग्री एंगलसम्मको तस्विर खिच्न सक्ने क्यामरा सार्वजनिक गरेको छ । कम्पनीले थेटा एस (Theta S) नामक विशेष क्यामरा भारतीय बजारमा सार्वजनिक गरेको छ ।

थेटा एस लाइट वेट पोर्टेबल क्यामरा हो जुन निकै सानो र आकर्षक रहेको छ । यो क्यामराबाट ३६० डिग्री (360º) एंगलसम्मको १४ मेगापिक्सेल गुणस्तर भएको फोटो खिच्न सकिन्छ । यो क्यामराको विशेषता भनेको यसले चर्को घाममा पनि राम्रो तस्विर खिच्न सक्दछ ।theta image

क्यामरामा २५ मिनेटसम्मको १९२०X१०८० पिक्सेल भएको फूल एचडी भिडियो पनि खिच्न सकिन्छ । यसमा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ भने यो क्यामरा गूगलको सर्भिसको अनुकुल रहेको छ ।

यसबाट खिचिएका तस्विर तथा भिडियोहरु सामाजिक संजाल फेसबुक, ट्वीटरलगायतका साइटहरुमा पनि सिधै अपलोड गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । भिडियो यस्तो छ-

रिकोको नयाँ क्यामरामा माइक्रोफोन तथा स्पीकर पनि राखिएको छ भने यसलाई स्मार्टफोनसँग पनि कनेक्ट गर्न सकिन्छ । त्यस्तै यो एन्ड्रोयड, आईओएस तथा कम्प्यूटरमा पनि जोडेर काम गर्न सकिन्छ ।img_theta-m15

निकै महंगो यो क्यामरा कम्पनीले हाल आफ्नो वेबसाइटमार्फत भारु ७,१९९।- मा प्री-बुकिंग गरिरहेको छ । भारतीय बजारमा भारु ३९, ९९५ मूल्य रहेको यो डिभाइस डिसेम्बरदेखि मात्र खरिद गर्न सकिनेछ ।

easy care

प्रकाशित: ८ मंसिर २०७२, मंगलवार