सामसुंगको जे सिरिजको नयाँ स्मार्टफोन परिक्षणमा, ग्यालेक्सी जे वान मिनी छिटै आउने

Technology Khabar ७ मंसिर २०७२, सोमबार

सामसुंगको जे सिरिजको नयाँ स्मार्टफोन परिक्षणमा, ग्यालेक्सी जे वान मिनी छिटै आउने

काठमाडौं, ७ मंसिर । बजेट स्मार्टफोनको रुपमा सामसुंगले बजारमा ल्याएको ग्यालेक्सी जे वान तथा ग्यालेक्सी जेवान एसपछि कम्पनीले अर्को फोन ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले यहि सिरिजमा नयाँ स्मार्टफोन ग्यालेक्सी जे वान मिनी (Galaxy J1 Mini) स्मार्टफोन ल्याउने तयारी गरेको हो । यो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु जीएफएक्सबेन्च (GFXBench), जौबा (Zauba) तथा स्प्रेडट्रम (Spreadtrum) डाटावेसमार्फत लीक भएको छ । MobilesLhabar_1

जीएफएक्सबेन्चमा एसएम जे१०५एफ (SM-J105F) मोडल नम्बर भएको स्मार्टफोन लिस्टेड भएको थियो भने स्प्रेडट्रमको वेवसाइटबाट उक्त मोडलको स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु सुनिश्चित भएको हो ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनीले यो स्मार्टफोन हाल परिक्षण गरिरहेको छ ।

जीएफएक्सबेन्चकाअनुसार यो स्मार्टफोनमा १.५ गीगाहर्जको क्वाड कोर स्प्रेडट्रम एससी८८३० प्रोसेसर राखिएको छ भने ग्राफिक्सका लागि माली ४००एमपी२ ड्यूल कोर जीपीयू प्रयोग गरिएको छ ।

यो फोनमा ४.३ इन्चको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ८००X४८० पिक्सेल रहेको छ भने यसमा १ जीबीको र्याम रहेको छ । फोनमा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ ।

सामसुंगको नयाँ स्मार्टफोनमा फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट क्यामरा भिजीए रहेको छ । यो फोन एन्ड्रोयडको ललीपप ५.१.१ भर्सनमा संचालन हुनेछ । त्यस्तै यसमा एक्सेलेरोमिटर, ब्यारोमिटर, ब्लूटूथलगायतको फीचर पनि रहेको छ ।MobilesLhabar_2

उता यहि मोडल नम्बर भएको डिभाइस जौबाको वेबसाइटमा लिस्टेड रहेको छ । यो वेबसाइले भारतको आयात निर्यातको बारेमा ट्रयाक गर्ने गर्दछ । जौबामा लिस्टेड डिभाइसको डिस्प्ले साइज ४ इन्च मात्र रहेको देखिन्छ । यो फोन इन्डियामा कोरियाबाट कयौं पटक आयात भएको लिस्टेड जानकारीमा देखिन्छ । जौवाले यो स्मार्टफोनको मूल्य पनि सार्वजनिक गरेको छ । भारतमा यो स्मार्टफोनको मूल्य भारु ३,३६८ अर्थात करिब ५० अमेरिकी डलर तोकिएको छ ।

त्यसैगरी एसएम जे१०५एफ मोडलको ग्यालेक्सी जे वान मिनीको बारेमा विभिन्न कोडहरु स्प्रेडट्रमको आफ्नै वेबसाइटमा पनि भेटिएको छ ।MobilesLhabar_3

उल्लेखित जानकारीहरुको आधारमा हेर्दा कम्पनीले छिटै बजेट फोनको रुपमा नयाँ स्मार्टफोन बजारमा ल्याउने अनुमान गर्न सकिन्छ । जुन जे सिरिजमा सामसुंगको इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा आउन सक्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित: ७ मंसिर २०७२, सोमबार

Comments are closed.

Loading...