एचपीले ल्यायो ईलाइट एक्स टू ट्याबलेट,ल्यापटपको बिकल्प हुनसक्ने

Technology Khabar ६ मंसिर २०७२, आईतवार

एचपीले ल्यायो ईलाइट एक्स टू ट्याबलेट,ल्यापटपको बिकल्प हुनसक्ने

काठमाडौं ।

काठमाडौं, ६ मंसिर । एचपीले ब्यवसायमा प्रयोग गर्न चाहनेका लागि केन्द्रित रहेर नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले उच्चस्तरको नयाँ ट्याब विश्व बजारमा ल्याएको छ ।

कम्पनीले उच्चतहको एचपी ईलाइट एक्स टू (Elite X2) ट्याबलेट बजारमा ल्याएको हो । एचपीको यो ट्याबलेट निकै पातलो र प्रिमियम डिजाइनसहितको रहेको छ । कम्पनीको यो ल्यापटपमा इन्टेलको कोर एम सेभेन (Intel Core M7) प्रोसेसर राखिएको छ भने यसमा २५६ जीबीको हार्डडिस्क रहेको छ ।

एचपी ईलाइट एक्स टू ट्याबलेट ८.०५ मिलिमीटर पातलो छ भने ८४० ग्राम तौल रहेको छ । यो ल्यापटपमा एल्मुनियमको बडि रहेको हुँदा सजिलोसँग बोक्न र प्रयोग गर्न सहज हुनेछ ।hp-elite-x2_1

एचपी ईलाइट एक्स टूमा १२ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ भने यसलाई सुरक्षित गर्न गोरिल्ला ग्लास ४ प्रयोग गरिएको छ ।

यो ट्याबलेमा किकस्ट्याण्ड पनि उपलब्ध रहेको छ जसको सहयोगबाट प्रयोगकर्ताले १५० डिग्रीसम्म राखेर हेर्न सक्दछ भने यसलाई १० हजार पटक बढाउँदा पनि यो नभाँचिने किसिमको रहेको छ। एचपीले यो डिभाइस नटुटने तथा नफुट्ने विश्वास दिलाएको छ ।

ईलाइट एक्स टू ट्याब दुईवटा अप्सनल कि बोर्डको साथमा उपलब्ध रहेको छ, जसलाई पूर्णरुपमा ल्यापटप जसरी प्रयोग गर्न सकिन्छ । एचपीले यात्राको लागि वा अतिरिक्त किबोर्ड पनि प्रयोग गर्न सकिने बताएको छ तर त्यसको लागि अतिरिक्त रकम तिर्नुपर्ने हुन्छ । यो कि बोर्ड ट्याबलेटसँग म्याग्नेटको माध्यमबाट स्वचालितरुपमा कनेक्ट हुन्छ ।

त्यसैगरी यसमा इन्टिग्रेटेड एनएफसी तथा स्मार्ट कार्ड रिडर अप्शन पनि रहेको छ । यो ट्याबमा यूएसबी टाइप सी पोर्ट तथा यूएसबी टाइप ए पोर्ट पनि राखिएको छ । elitex2_2

एचपीको नयाँ ट्याबले एलटीई नेटवर्क सपोर्ट गर्दछ भने तथा माइक्रो एसडी कार्ड स्लट पनि राखिएको छ, जसको सहयोगमा १ टेराबाइटसम्मको मेमोरी राख्न सकिन्छ । यसमा एचपीको एक्टीभ पेन पनि उपलब्ध रहेको छ ।

कम्पनीका मोबिलिटि एण्ड सफ्टवेयर जनरल म्यानेजर मिचेल पार्कले यो ट्याबलेट ल्यापटपको पूर्ण स्थानापन्न भएको बताए । उनले यसलाई मानिसहरुले मन पराउने आशा गरेका छन् ।

एचपीको ईलाइट एक्स टू ट्याबलेट सन् २०१६ को जनवरी पहिलो सातादेखि मात्र बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । यो ट्याबलेटको आधारभूत मूल्य ७ सय ४९ पाउण्ड तोकिएको छ भने ट्राभल कि बोर्डका लागि अतिरिक्त १ सय ९ पाउण्ड तिर्नुपर्ने हुन्छ भने एडभान्स किबोर्डका लागि १ सय ५९ पाउण्ड थप बुझाउनुपर्ने छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: ६ मंसिर २०७२, आईतवार

ताजा समाचार