कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक शाखारहित बैंकिङ सेवा

Technology Khabar ६ मंसिर २०७२, आईतवार

कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक शाखारहित बैंकिङ सेवा

काठमाडौं, ६ मंसिर । मेगा बैंक नेपालले ट्याबलेटमा आधारित शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले नेपालमै पहिलोपटक अत्याधुनिक उपकरणको माध्यमबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको दाबी गरेको छ ।

शाखारहित बैकिङ सेवालाई विस्तार गर्ने क्रममा कात्तिक २२ गते कैलालीको जोशीपुर र हसुलिया साथै कात्तिक २४ गतेदेखि दाङको लक्ष्मीपुर र सौंडीयारमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहुँच विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरिएको बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।

मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा यो बर्ष सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा ३० वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने योजना लिएको छ ।

प्रकाशित: ६ मंसिर २०७२, आईतवार

Comments are closed.

Loading...