शैक्षिक परामर्शदाताबिच करसम्बन्धि अन्तक्र्रिया

Technology Khabar ६ मंसिर २०७२, आईतवार

शैक्षिक परामर्शदाताबिच करसम्बन्धि अन्तक्र्रिया

काठमाडौं । चौथो राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७२ को उपलक्ष्यमा आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, पुतली सडक र नेपाल शैक्षिक परामर्श संघको आयोजनामा करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले विदेशी शैक्षिक संस्थाको नाममा ठूला होटलमा सेमिनार गरेर राजस्व छली भइरहेको विषयलाई उठाउँदै व्यवसायिक प्रतिस्पर्धामा आघात पारेको र कर छलेको विषय राष्ट्रघाती भएको बताए । दर्ता नगरी कर छलेर त्यस्ता गतिविधि कहीं कतै भएको भए उजुरी गर्न महानिर्देशमा शर्माले आग्रह गरे । उनले भने– ‘हामी तत्काल कारवाही प्रकृया अगाडि बढाउँछौं, हामी कारवाहीका लागि तथ्यांक समेत तयार गर्दैछौं ।’

कार्यक्रममा इक्यानका अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्श व्यवसायीहरुको क्षेत्राधिकार म्यानपावर व्यवसायीको भन्दा पनि ठूलो रहेको दाबी गरे ।

उनले व्यवसायीले कारोवार छैन भन्ने तर ठूला पत्रपत्रिकाहरुमा ठूला ठूला विज्ञापन छाप्ने भन्दै त्यसैलाई आधार बनाएर पनि राज्यले हाम्रो कारोवार खोज्न सक्नेप्रति सचेत भएको बताए । बरालले दर्ता नगरी खुल्लम खुल्ला विज्ञापन गरेर राजस्व छलि भइरहेको बताउँदै विदेशी विश्वविद्यालयको नाम लिएर करोडौंको कारोवार गर्ने गरिन्छ यसको कसले अनुगमन गर्ने भन्ने प्रश्न गरे ।

हाल शैक्षिक परामर्श व्यवसाय संस्था ४ सयको हाराहारीमा दर्ता भएर व्यवसाय गरिरहेको र ८ सयको हाराहारीमा दर्ता प्रकृयामा रहेको जानकारी दिईयो ।

प्रकाशित: ६ मंसिर २०७२, आईतवार

Comments are closed.

Loading...