आईफोन सेभेनमा ३ जीबीको र्याम र वाटरप्रुफ प्रविधि हुनसक्ने

Technology Khabar ६ मंसिर २०७२, आईतवार

आईफोन सेभेनमा ३ जीबीको र्याम र वाटरप्रुफ प्रविधि हुनसक्ने
Classic Tech

काठमाडौं, ६ मंसिर । एप्पलले आईफोन सिक्स एस (iPhone 6s) तथा आईफोन सिक्स प्लस (iPhone 6 Plus) सार्वजनिक भएको केहि महिना मात्र भएको छ । तर यसको नयाँ संस्करणको बारेमा विभिन्न चर्चा र अनुमान शुरु भएको छ ।

अनुसन्धानमुलक कम्पनी ट्रेण्डफोर्सले (TrendForce) एप्पलको आगामी आईफोन सेभेनको (iPhone 7) बारेमा नयाँ जानकारी सार्वजनिक गरेको छ । ट्रेण्डफोर्सकाअनुसार नयाँ संस्करणको आईफोनहरुमा तीन जीबीको र्याम तथा वाटरप्रुफ प्रविधिको प्रयोग गरिनेछ । यदि यो रिपोर्ट सहि हो भने यी फीचरहरु आईफोनका लागि नयाँ फीचर हुनेछ ।

एकातिर यी फीचरहरु कतै आईफोन सेभेन प्लसका (iPhone 7 Plus) लागि मात्र हो की भन्ने आशंका गरिएको छ । किनकी आईफोन सेभेन प्लसमा मात्रै अधिक र्याम प्रयोग गर्नसक्ने अनुमान गरिएको छ । अर्कोतिर यी फीचरहरुमध्येको वाटरप्रुफ प्रविधि कम्पनीका दुबै मोडलका स्मार्टफोनमा प्रयोग हुने अनुमान गरिएको छ । वाटरप्रुफिंग एप्पलका लागि भने नयाँ र पहिलो अनुभव हुनेछ । तर यो प्रविधि एन्ड्रोयडका डिभाइसहरुमा निकै पहिलेदेखि शुरु भईसकेको छ, अझ सोनीको डिभाइसका लागि त यो सामान्य विषय हो ।

यसअघि पनि यहि अनुसन्धान कम्पनीले चार ईन्चको आइफोन आगामी वर्ष सार्वजनिक गर्ने समाचार सार्वजनिक गरेको थियो । यसले अहिले आईफोन सेभेन तथा आईफोन सेभेन प्लस सन् २०१६ को दोस्रो सत्रमा सार्वजनिक हुनसक्ने उल्लेख गरेको छ ।

एप्पलले आगामी वर्ष सन् २०१६ मा २ सय ६० मिलियन आईफोन सेट बिक्री गर्ने ट्रेण्डफोर्सको अनुमान छ, जुन यो वर्षको भन्दा १२ दशमलब ५ प्रतिशतले बढि हो ।  तर यो बिक्रीले अझै पनि सामसुंगको स्मार्टफोन बिक्रीको ताजलाई भने हराउनसक्दैन् । सामसुंगले आगामी वर्ष स्मार्टफोन बिक्रीलाई बढाएर ३ सय १० मिलियन यूनिट बिक्री गर्ने अनुमान गरिएको छ ।

प्रकाशित: ६ मंसिर २०७२, आईतवार

Comments are closed.

Loading...