“आईएमई वचत दश लाख” योजनाका बम्पर उपहार विजेता घोषित

Technology Khabar ४ मंसिर २०७२, शुक्रबार

“आईएमई वचत दश लाख” योजनाका बम्पर उपहार विजेता घोषित

काठमाडौं ।

काठमाडौं, ४ मंसिर । रेमिटेन्स कम्पनी आईएमईले विजयादशमी तथा दीपावली लक्षित सेवाग्राहीमुखी प्रबर्दनात्मक योजना ‘आईएमई बचत दश लाख’ को नतिजा सार्वजनिक गरेको छ । यस योजनाको कुल सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयरका माध्यमबाट ट्रान्जेक्शन नम्बर ९०६७८५७१३१० का ब्रिजेश कुमार यादव बिजेता घोषित भएका छन् ।

आईएमईका कार्यकारी अध्यक्ष चन्द्र ढकाल, कार्यकारी निर्देशक हेम राज ढकाल (रामु) र ब्राण्ड एम्बासडरद्धय दीपक राज गिरी–दीपाश्री निरौलाले एक समारोहका बीच सफ्टवेयरमा आधारित पद्वतिबाट बम्पर लक्की ‘ड्र’ घोषित गरेका हुन् ।

बिजेता यादवले आईएमईको अन्तर्राष्ट्रिय संजाल अन्तर्गत मलेशियाबाट कार्तिक २४ गते पठाएको पैसा नेपालस्थित आईएमईको ब्यावसायिक साझेदार वेस्टर्न डेभलप्मेन्ट बैंकको चन्द्रौटा कपिलबस्तु शाखाबाट शान्ती यादवको नाममा रुपैयाँ ९९ हजार २ सय ७१ भुक्तान भएको थियो  ।

यहि आश्विन १, देखि कार्तिक ३० सम्म दुई महिना लामो अवधिको लागि संचालन भएको “आईएमई वचत दश लाख” योजनामा नेपालका १३५ आईएमई सेन्टर सहित ४,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तिय संस्था एवं आईएमई को–अपरेटिभ्स सर्भिस लिमिटेड अन्तर्गत देशभरि फैलिएका विभिन्न सहकारीका शाखाबाट आईएमईको सेवा लिने सेवाग्राहीले सहभागिता जनाएका थिए ।

यो योजनामा स्वदेश वा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र बाट  बिजेता घोषित हुने ६० जना सेवाग्राहीलाई रु. ५ हजार, साप्ताहिक लक्की ड्र बाट विजेता घोषित हुने ९ जनालाई रु. ५० हजार पुरस्कार राशीको वचत खाता साझेदार ग्लोबल आईएमई बैंकमा खोल्ने अवसर प्रदान गरिएको थियो ।

कम्पनीले १३५ आईएमई सेन्टर सहित ४,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् मुलुकभर सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएकोछ ।

easy care

प्रकाशित: ४ मंसिर २०७२, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार