पेप्सीको स्मार्टफोन पी वान छिटै आउने, फिंगरप्रीन्ट स्क्यानरको सुविधा

Technology Khabar ४ मंसिर २०७२, शुक्रबार

पेप्सीको स्मार्टफोन पी वान छिटै आउने, फिंगरप्रीन्ट स्क्यानरको सुविधा

काठमाडौं ।

काठमाडौं, ४ मंसिर । केहि समय अघि पेय पदार्थ कम्पनी पेप्सीले स्मार्टफोन ल्याउन लागेको समाचार सार्वजनिक भएको थियो । अमेरिकी कम्पनी पेप्सीले स्मार्टफोन निर्माण गरिरहेको र छिटै बजारमा आउने समाचार आएको केहि समयपछि पेप्सीको पी वान (Pepsi P1) स्मार्टफोन चीनमा छिटै सार्वजनिक हुने जानकारी बाहिर आएको छ ।

पेप्सी पी वान स्मार्टफोन उत्पादन गर्दै कम्पनी स्मार्टफोनको बजारमा प्रवेश गर्न लागेको हो । यदि कम्पनीको क्राउडफण्डींग लक्ष्य हासिल भएमा पेप्सीले उक्त स्मार्टफोन छिटै चीनियाँ बजारमा सार्वजनिक गर्नेछ ।

हलुका पेय पदार्थ उत्पादक कम्पनीले कोला थिममा(Cola Theme) आफ्नो डिभाइस ल्याउन लागेको छ जुन निकै सस्तो मूल्यमा उपलब्ध हुनसक्नेछ । हालै आएको जानकारी अनुसार पेप्सी पी वान स्मार्टफोनको मूल्य करिब ७०० यूआन अर्थात ७० पाउण्डको हाराहारीमा हुनेछ ।

पेप्सीले हाल चीनियाँ क्राउडफण्डिंग कम्पनी जेडी फाइनान्समा(JD Finance) आफ्नो डिभाइसलाई जोडेकोछ । यो एक प्रकारको चीनियाँ किकस्टार्टर कम्पनी हो ।

यो स्मार्टफोन वान इज अल(One is All) भन्ने नाराका साथ सार्वजनिक हुनेछ, जसले बजेट एन्ड्रोयड डिभाइस भएको प्रमाणित गर्न खोजिएको छ । फोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १९२०X१०८० पिक्सेल रहेको छ ।pepsi P1_1

यसमा अक्टा कोर मिडियाटेक एमटी६७९२(Octa-Core MediaTek MT 6792) प्रोसेसर रहेको छ भने २ जीबीको र्याम हुनेछ । त्यस्रगरी फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा पनि हुनेछ जुन मोटोरोलाको मोटो ई तथा सोनी र सामसुंगका तल्लोतहका डिभाइसमा राखिएको छ ।

पेप्सीको स्मार्टफोनमा फोरजी कनेक्टिभिटी तथा सुरक्षाका लागि फिंगरप्रीन्ट स्क्यानर(Fingerprint Scanner) पनि हुनेछ ।

पेप्सीको पी वान स्मार्टफोनका लागि रकम जुटाउने काम नोभेम्बर १८ तारिखदेखि शुरुभईसकेको छ भने यो अभियानबाट तीन मिलियन यूआन उत्पादनका लागि जुटाईने योजना रहेको छ ।

जेडी फाइनान्सको पेजकाअनुसार कम्पनीको यो योजनाले यसअघि केबल एक दिनमा नै ५८,०६२५ चीनियाँ यूआन उठाईसकेको छ । यो आधारमा हेर्दा अबको बाँकी १४ दिनमा कम्पनीको लक्षित रकम उठ्ने अनुमान गरिएको छ । एजेन्सीका साथमा

यो पनि हेर्नुहोस्-

पेय पदार्थ उत्पादक पेप्सीले स्मार्टफोन ल्याउने, ५.५ इन्च डिस्प्ले भएको ‘पेप्सी पी वान’

Global Bank
easy care

प्रकाशित: ४ मंसिर २०७२, शुक्रबार

ताजा समाचार