हुवावेको ३ मिनेटमा ६८ प्रतिशतसम्म चार्ज हुने ब्याट्री

Technology Khabar ३ मंसिर २०७२, बिहीबार

हुवावेको ३ मिनेटमा ६८ प्रतिशतसम्म चार्ज हुने ब्याट्री

काठमाडौं, ३ मंसिर । चीनियाँ इलेक्ट्रोनिक्स डिभाइस निर्माता कम्पनी हुवावेले स्मार्टफोनको ब्याट्रीलाई छिटो चार्ज गर्नका लािग नयाँ स्मार्टफोन ब्याट्री प्रविधिको विकास गरेको बताएको छ ।

हुवावेकाअनुसार उक्त नयाँ प्रविधिले केहि मिनेटमा नै प्रयोगकर्ताको डिभाइलाई पुनर्जागृत गर्दछ ।

पछिल्ला दिनहरुमा बढिरहेको स्मार्ट प्रविधि र स्मार्ट डिभाइसहरुको लागि सबैभन्दा ठूलो चुनौती भनेको ब्याट्री पावरलाई बचाउनु नै रहेको छ । निकै शक्तिशाली डिभाइसहरु उत्पादन भइरहेको बेला ती डिभाइसहरुले छिटै उर्जा खपत गर्ने र त्यसको लागि ब्याट्री पावरमा नै भरपर्नुपर्ने हुन्छ । तर हुवावेले बताएअनुसार उसले विकास गरेको लीथियम आईओन ब्याट्रीले केहि मिनेटमा नै ५० प्रतिशत क्षमतामा रिचार्ज गर्न सकिन्छ । यसका साथै यसले वर्तमान चार्जिंग स्पीडभन्दा १० गुणा छिटो चार्ज गर्ने क्षमता राख्दछ ।

हुवावेको नयाँ ब्याट्रीहरुको विकास वाट ल्याब (Watt Lab)द्धारा गरिएको हो, जुन हुवावेको रिसर्च एण्ड डेभपलमेन्ट कम्पनीहरुमध्येको एक हो । टेकविकयूराेप डट को डट यूकेकाअनुसार कम्पनीले हालै जापानमा भएको ब्याट्री सिम्पोसियम (ब्याट्रीको बारेमा आयोजना भएको अन्तराष्ट्रिय गोष्ठी) मा तीनवटा कन्सेप्ट प्रदर्शन गरेको थियो ।

यो कन्सेप्टअनुसार एउटा ब्याट्री ६,००० एमएएच क्षमताको थियो जुन दुई मिनेटमा ६८ प्रतिशत क्षमतासम्म चार्ज भएको थियो । त्यस्तै अर्को ३,००० एमएएच क्षमताको ब्याट्री ५ मिनेटमा ४८ प्रतिशतसम्म चार्ज भएको थियो । यो ब्याट्री चार्जले हुवावेका मोबाइल फोनहरुमा १० घण्टासम्मको फोन कल गर्न सकिने अनुमति दिन्छ ।Huawei-stand

द्रूत गतिको चार्ज गर्नका लागि हेटेरोटम्स(Heteroatoms) लाई ब्याट्रीको एनोडमा ग्राफीटे मेलेक्यूसँग(Graphite Molecules) सम्बन्धीत बनाएपछि सम्भव भएको हो । जसले कार्बन बण्डसको माध्यमबाट लिथीअमलाई प्रवाहित गर्न र समाहित गर्नका लागि उत्प्रेरकको काम गर्दछ । हुवावेले यी हेटेरोटम्सले ब्याट्रीहरुको इनर्जि डेन्सिटी नघटाई तथा ब्याट्रीको जिवन नघटाई ब्याट्रीहरुको चार्जिंग स्पीडलाई बढाउने बताएको छ ।

ती ब्याट्रीहरु यसअघि नै हुवावेको कडा परिक्षणबाट गुज्रिएका हुन्, यसको अर्थ ती ब्याट्रीहरु कम्पनीले ल्याउने आगामी उत्पादनहरुमा समावेश हुनेछन् । जे भएतापनि कम्पनीले कहिलेदेखि त्यो हुनेछ भन्ने हालसम्म केहि बताएको छैन् ।

यस्तो किसिमको घटक आगामी दिनमा उपभोक्ताहरुमाझ अत्यधिक लोकप्रिय हुनेछ, तथा हुवावेको सूपरफोन (Superphone) डिभाइसको एउटा भागको रुपमा आउनेछ । गत साता मात्रै कम्पनीले स्मार्टफोनको दशक सकिन लागेको र नयाँ जेनेरेशनको मोबाइल फोन आउने विश्वास व्यक्त गरेको थियो, जसले फाईभ जी नेटवर्क कनेक्टिभिटी सपोर्ट गर्ने, भच्र्यूअल रिआलिटी एक्सपेरियन्स तथा यस अघिको भन्दा निकै उच्चस्तरको कार्यक्षमता देखाउनेछ ।

सूपरफोनहरुको सार्वजनिकीकरणसँगै वर्तमान स्मार्टफोनको दशक सकिनेछ, जुन अवधि सन् २००७ मा पहिलो आईफोन तथा एन्ड्रोयड डिभाइस सार्वजनिक गरिएको थियो । यो अवधि सन् १९९५ मा मोटोरोलाले फीचर फोनको शुरुवात गरेदेखि शुरु भएको दशक थियो । हुवावेले हरेक पुस्ताको डिभाइसको जिवनकाल बाह्र वर्षको हुने बताएको छ ।

प्रकाशित: ३ मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...